2026-09-19 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

प्रतिनिधिसभा र प्रदेशसभाका लागि दार्चुलामा उल्लासपूर्ण उम्मेदवार मनोनयन दर्ता

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ५, दार्चुला । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरुले आइतबार उल्लासपूर्ण रुपमा मनोनयन दर्ता गराएका छन् । दार्चुलामा वाम गठबन्धन र नेपाली काग्रेसले र्याली जुलुससहित उम्मेदवार मनानेयन गराएका हुन् । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं निर्वतमान सांसद गणेशसिह ठगुन्नाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । 

यस्तै प्रदेश सभाका लागि बाम गठबन्धनबाट दार्चुला निर्वाचन (क) बाट नेकपा एमालेबाट उद्योग व्यवसायी गेल्बुसिह बोहार र (ख) बाट नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मानबहादुर धामीले मनोनयन दर्ता गरेका छन् । निर्वाचन क्षेत्र क बाट उम्मेदवार बन्नुभएका बोहरा लामो समयदेखि उद्योग व्यवसायीको रुपमा चिरपरिचित छन् । यस्तै क्षेत्र नम्बर ख बाट उम्मेदवार बन्नुभएका धामी माओवादीका पूर्व लडाकु कमाण्डर एवं जिल्ला इन्चार्ज हुन । नेपालको दश वर्षे जनयुद्ध देखि नै लडाकु कमाण्डर हुँदै शान्ति प्रक्रियापछि धामी खुला राजनीतिमा आएका हुन् । बैचारिक नेताको रुपमा परिचित धामी नौगाड गाउँपालिका २ का बासिन्दा हुन् ।

 

यस्तै नेपाली काग्रेसको तर्फबाट महासमिति सदस्य विक्रमसिह धामीले प्रतिनिधि सभाको लागि मनोनयन दर्ता गरेका छन् । यस पटक नेपाली काग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार बाट पछि हटेपछि धामी उम्मेदवार बनेका हुन् । केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि बडु सुरक्षित अवतरणको लागि समानुपातिकमा सिफारिस भएका हुन् । विपक्षी वाम गठबन्धनले पूर्व मन्त्री समेत रहेका बडु चुनावी मैदानबाट भागेको आरोप लगाएका छन् । 

यस्तै काग्रेसको प्रदेश सभाको क क्षेत्रको लागि काग्रेस पूर्व महासमिति सदस्य मदन गिरीले उम्मेदवार मनोयन गरेका छन् । भने ख क्षेत्रको लागि काग्रेस जिल्ला कार्य समिति सदस्य एवं पूर्व सुदूरपश्चिम विकास आयोगका अध्यक्ष जगदीश बहादुर पालले उम्मेदवारी दर्ता गरेका छन् । 

यसैगरी दार्चुलाबाट प्रतिनिधि सभाको लागि नयाँ शक्ति नेपाल पार्टीबाट जितेन्द्रसिह महराले उम्मेदवारी मनोनयन गरेका छन् । भने क्षेत्र नम्बर क बाट नन्दनसिह महर र क्षेत्र नम्बर ख बाट बहादुरसिह ठगुन्नाले उम्मेदवारी मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै जिल्लाबाट रघुबीरसिह ठगुन्नाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अखण्ड नेपाल पार्टीको केन्द्रीय सदस्य समेत रहेका ठगुन्नाले स्वतन्त्र रुपमा प्रदेश सभाको क्षेत्र नम्बर ख को लागि उम्मेदवारी दर्ता गरेका हुन् । यसैगरी राष्ट्यि जनमोर्चाका जिल्ला अध्यक्ष मनबीर दमाइ प्रतिनिधि सभा र प्रदेश सभाको क क्षेत्रको लागि मदन दमाईले उम्मेदवारी दर्ता गरेका छन् । 

यस्तै जिल्लामा पहिलो पटक जनसमाजवादी पार्टीले समेत उम्मेदवारी दर्ता गरेको छ । जसअनुसार प्रतिनिधि सभाको लागि धनबहादुर कुवरले मनोनयन दर्ता गरेका छन् । यस्तै क्षेत्र नम्बर क बाट मनोजराम दमाइ र क्षेत्र नम्बर ख बाट हरीभानसिह ठगुन्नाले उम्मेदवारी मनोनयन गरेको सहायक मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद भुषालले जानकारी दिनुभयो ।

दार्चुमा प्रतिनिधि सभा र प्रदेश सभाको लागि ३८ हजार ९ सय २७ महिला र ३९ हजार ५ सय ५८ जना पुरुष गरी कुल ७८ हजार ५ सय १२ जना मतदाता रहेका छन् । प्रदेश सभाको लागि क्षेत्र नम्बर क मा ४४ हजार ९ सय ८१ र क्षेत्र नम्बर ख मा ३३ हजार ५ सय ३१ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई