2026-07-03 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अन्तत: एमालेका बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

सम्राट सिंह | कात्तिक ८, बझाङ | नेकपा एमालेको टिकट वितरण प्रक्रियाबाट असन्तुष्ट बनेर उम्मेदवारी दिएका २ जना बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । 

एमालेको टिकट बितरण प्रक्रियाबाट असन्तुष्ट बनेका गोपाल बहादुर खड्का र शेर बहादुर बोहराले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन । नेताहरुले आफुनिकट उम्मेदवारहरुलाई टिकट दिएको भन्दै गोपाल बहादुर खडकाले प्रतिनिधि सभा र शेर बहादुर बोहराले प्रदेश सभा (क) मा उम्मेदवारी दिएका थिए ।

मुख्य निर्वाचन कार्यालयले आज ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय राखेको भएपनि बागी उम्मेदवारहरुले साढे ११ बजे उम्मेरवारी फिर्ता लिएको जनाएको छ । 

उम्मेदवार सिफारिसका क्रममा एमालेको निर्वाचन क्षेत्रिय कमिटिमा भएको निर्वाचनमा बढी मत पाउनेलाई टिकट नदिएर कम मत पाउनेलाई केन्द्रले टिकट दिएको प्रति एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिंहं लगायतका केही नेता रुष्ट भएका थिए ।  यस्तै अन्तिम अवस्थामा टिकट केन्द्रिय सदस्य भैरब बहादुर सिंहले पाए पछि पूर्वमन्त्रि भानुभक्त जोशी समर्थक कार्यकर्ताहरु पनि रुष्ट भएको बताइन्छ । 

बझाङमा बाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभाको लागी भैरबहादुर सिंह र नेपाली काङग्रेसका तर्फबाट पृथ्वीबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । भने प्रदेश तर्फ एमालेका अर्जुन बहादुर थापाले (क) र (ख) मा माओवादी केन्द्रका तर्फबाट देवकी मल्ल (थापा)ले उम्मेदवारी दर्ता गराएका छन । यस्तै नेपाली काङग्रेसबाट प्रदेश सभा (क) लागी चन्द्रा जोशी र (ख) मा पुर्वराज्य मन्त्री नरेश बहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । 

नेकपा एमाले र माओवादी केन्द्रले बागी उठ्ने उम्मेदवारहरुलाई कहिल्यै उम्मेदवारी बन्न नपाउने गरी कडा कारबार्हि गर्ने निर्णय गरेपछि देशभरका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने क्रम जारी रहेको छ । 

एमालेका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि बाम गठबन्धनका उम्मेदवारहरुमा खुसी छाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक