2026-07-03 03:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका १५ मतदान केन्द्र अति सम्बेदनशील

2017-10-31

लोकेन्द्र प्रशाद जोशी/कात्तिक १४, दार्चुला । दार्चुलाका १५ वटा मतदान स्थल अति सम्बेदनशील रहेको सुरक्षा स्रोतले जनाएको छ । 

सुरक्षा समितिले तयार गरेको विवरण अनुसार जिल्लाभरीका १ सय १० स्थल मध्ये १५ वटा अति सम्बेदनशील रहेको जनाइएको हो । जिल्लामा १ सय २९ वटा मतदान केन्द्र रहेका छन् । 

गत वर्ष १ सय २८ मतदान केन्द्र रहेकोमा प्रतिनिधि सभा र प्रदेश सभाको लागि मतदाता थपिएसँगै एक मतदान केन्द्र थप भएको हो । यस्तै १९ वटा मतदान स्थल सम्बेदनशील रहेका छन् भने ७६ वटा मतदान स्थल सामान्य रहेको सुरक्षा समितिले विश्लेषण गरेको छ । 

अति सम्बेदनशील र सम्बेदनशील मतदान केन्द्रमा सुरक्षा रणनीति मजबुद बनाइने बताइएको छ । दलहरूबिचको अस्वस्थ प्रतिस्पर्धा, भौगोलिक विकटता लगायतका कारण सम्बेदनशिल क्षेत्रमा राखिएको हो । स्थानीय तह निर्वाचनमा जिल्लाका ८ वटा मतदान स्थल अति सम्बेदनशील रहेका थिए । 

जिल्लाका मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र दुहु गाउँपालिकाका विभिन्न मतदान स्थलहरु अति सम्बेदनशिल सूचीमा रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक