2026-07-03 05:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा प्रतिनिधी सभा र प्रदेश सभाको लागि १९ जनाको मनोनयन दर्ता

2017-11-03

ललित बोहरा/कात्तिक १७, डडेल्धुरा । डडेल्धुरा जिल्लामा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि १९ जनाको मनोनयन दर्ता भएको छ ।

प्रतिनिधी सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवा र बाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टको उमेदवारी दर्ता भएको छ । यो संगै प्रतिनिधी सभाका लागि डडेल्धुराबाट ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।


प्रधानमन्त्री देउवा मनोनयन दर्ता गराउन आफै जिल्ला नआएकाले देउवाका प्रतिनिधी गणेश प्रसाद पन्त मार्फत उमेदवारी दर्ता गराएका हुन् । देउवाका पूर्व स्वकीय सचिव पन्तले दिउँसो १ बजे उमेदवारी दर्ता गराएका हुन् । 

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादीका सचिवालय सदस्य खगराज भट्टले उम्मेदवारी दिएका छन् । उनले दिउसो तिन बजे मनोनयन दर्ता गराएका हुन् । यस्तै प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनमार्चाबाट लालबहादुर जाग्री, नेपाल दलित पार्टी बाट रमेश टमटा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट लक्ष्मीदत्त भट्ट र स्वतन्त्र उमेदवार कर्णसिंह रावलले प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत डा.रमेशप्रसाद रिजाल जानकारी दिएका छन् ।


प्रदेशसभाको निर्वाचन क्षेत्र ‘क’ बाट नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति रघुबर भट्ट, बाम गठबन्धनबाट एमालेका पठनसिंह बोहरा, जनमोर्चाका चन्द्रसिंह बोहरा, नयाँ शक्ति नेपालका बिष्णु ठकुराठी, राष्ट्रिय यर्थाथवादी पार्टीका लालबहादुर दमाई र राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिसिंह साउँदले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभाको निर्वाचन क्षेत्र ‘ख’ बाट कांग्रेसबाट जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष डा.ताराप्रसाद जोशी, राष्ट्रिय जनमोर्चाका पदम बहादुर ओली, नयाँ शक्ति पार्टी नेपालका लक्ष्मीकान्त पनेरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका कालीप्रसाद जोशीको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाइएको छ ।


डडेल्धुरा जिल्लामा मनोनयन दर्ता पनि नेपाली कांग्रेस र बाम गठवन्धनका उमेदवारहरुले सभाको आयोजना गरेका छन् । सभामा नेपाली कांग्रेसका नेताहरुले वाम गठवन्धनको प्रभावमा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् भने बाम गठवन्धनका उमेदवारहरुले जिल्लाको विकासका लागि वाम गठवन्धनका उमेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक