2026-07-03 05:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा साधारण सदस्य समेत नरहने गरि हटाएको व्यक्तिले पाए टिकट, यस्तो छ कारण

कात्तिक १७, नवलपरासी | नवलपरासीमा यो पटक कांग्रेसले अघिल्लो चुनावमा पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्काशन गरेको व्यक्तिलाई चुनावको टिकट दिएको छ । कांग्रेसले २०७० सालको दोश्रो संबिधान सभाको निर्वाचनमा आफ्नो आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका गुणनिधि तिवारी र उनैका प्रस्तावक बैजनाथ जयसवाललाई प्रदेशसभाको टिकट दिएको हो । 

तिवारीले ०७० को संविधानसभा चुनावमा नवलपरासी (तत्कालीन क्षेत्र नम्बर ४) बाट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । बागी उम्मेद्वारीकै कारण त्यतिबेला कांग्रेसले पराजित बन्नु परेको थियो । 

अहिले पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ वाट तिवारी र जयसवाललाई प्रदेशसभामा टिकट दिईएको छ । यस अघि २०७० मा टिकेट पाएका देवेन्द्रराज कँडेल भने प्रतिनिधिसभातर्फ उम्मेदवार हुन् । २०७० को निर्वाचनमा बागी उठ्दा दुवैको मत बाडिएको थियो । मत बाँडीदा कांग्रेसले आधिकारिक रुपमा उठाएको कँडेलले ७ हजार ५ सय मत पाएका थिए भने झन्डै उनकै हाराहारीमा तिवारीले ७ हजार २ सय ५० पाएका थिए । २०७० सालमा बागी उम्मेदवार तिवारीकै कारण कांग्रेसले हारेको थियो । त्यतिखेर नवलपरासीमा कांग्रेसले हार्दा एमालेका बैजनाथ चौधरीले ८ हजार ५ सय मत ल्याएर विजय हाँशिल गरेका थिए । 

२०७० को निर्वाचनमा कांग्रेस केन्द्रीय समितिले बागी बनेका तिवारी सहितलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । तर तिवारी नवलपरासीमा लोकप्रिय भएको कारण यो पटक भने कांग्रेसले प्रदेश सभामा टिकट दिलाउन बाध्य बनेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक