अनिल अधिकारी | कात्तिक १८, काठमाडौँ | प्रतिनिधि/प्रदेश सभा निर्वाचन अन्तर्गत धादिङ्ग क्षेत्र नम्बर २ अन्तर्गत स्थानीय तहको मतलाई विश्लेषण गर्दा बाम गठबन्धन झन्डै ६००० भन्दा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिल अधिकारी | कात्तिक १८, काठमाडौँ | प्रतिनिधि/प्रदेश सभा निर्वाचन अन्तर्गत धादिङ्ग क्षेत्र नम्बर २ अन्तर्गत स्थानीय तहको मतलाई विश्लेषण गर्दा बाम गठबन्धन झन्डै ६००० भन्दा "/>
2026-07-03 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ्ग क्षेत्र नम्बर-२ मा बाम गठबन्धन करिव ६००० मतले बलियो (आंकलन)

अनिल अधिकारी | कात्तिक १८, काठमाडौँ | प्रतिनिधि/प्रदेश सभा निर्वाचन अन्तर्गत धादिङ्ग क्षेत्र नम्बर २ अन्तर्गत स्थानीय तहको मतलाई विश्लेषण गर्दा बाम गठबन्धन झन्डै ६००० भन्दा बढी मतान्तरले बलियो देखिएको छ ।

धादिङ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका, नेत्रावती गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका, खानियावास गाउँपालिका, गङ्गाजमुना गाउँपालिका, रुवी भ्याली गाउँपालिकाको स्थानीय तहमा प्राप्त मतको आधारमा यस्तो आंकलन गरिएको हो । स्थानीय तहको निर्वाचनमा यस क्षेत्र अन्तर्गतका ज्वालामुखी गाउँपालिका र निलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए । 

धादिङ्ग क्षेत्र नम्बर २ अन्तर्गत ज्वालामुखी गाउँपालिकाको स्थानिय तहको मत परिणाम हेर्दा बाम गठबन्धन स्पष्ट बलियो स्थितिमा छ । यस अघि कांग्रेसलाई सघाएको माओवादी केन्द्रको यस स्थानीय तहमा १००० मत मात्र गन्ने हो भने यहाँ बाम गठबन्धनले करिव ६९३० मत ल्याउने देखिन्छ । यहाँ कांग्रेस, राप्रपा र नयाँ शक्तिको मतलाई जोड्दा ५१३० रहेको छ । 

त्यस्तै निलकण्ठ नगरपालिकामा पनि स्थानीय तहमा कांग्रेस-माओवादी गठबन्धन रहेको थियो । तालमेलका कारण यहाँ कांग्रेसले १३००० भन्दा बढी मत ल्याएर नगरपालिका जितेको थियो । तर अब माओवादी र एमाले मिल्ने भएपछी यहाँ कांग्रेसलाई गएको करिव ४००० माओवादीको मत घट्दा अब कांग्रेस, राप्रपा र नयाँ शक्तिको मत करिव १०,००० को हाराहारीमा आउने र यहाँ बाम गठबन्धन करिव १००० मतले बलियो हुने देखिन्छ । 

त्यस्तै नेत्रावती गाउँपालिकामा पनि बाम गठबन्धननै बलियो देखिन्छ । स्थानीय तहको मत परिणाम अनुसार ३०५६ पाएको एमाले-माओवादी कांग्रेसभन्दा १००० भन्दा बढी मतले बलियो छ । यहाँ स्थानीय तहको मतलाई जोड्ने हो भने कांग्रेस, राप्रपा र नयाँ शक्तिले १९३७ मत पाएको देखिन्छ । 

त्यस्तै त्रिपुरा सुन्दरी गाउँपालिकामा पनि करिव १७०० मतले बाम गठबन्धन बलियो देखिन्छ । स्थानीय तहको मतपरिणामलाई जोड्दा गठबन्धनले ५८९४ मत पाएका थिए भने कांग्रेस, राप्रपा र नयाँ शक्तिले ४१०२ मत प्राप्त गरेको थियो । तर खनियावास गाउँपालिकामा भने बाम गठबन्धन कमजोर देखिएको छ । स्थानिय तहको निर्वाचनमा एमाले र माओवादीको मत जोड्दा १७६९ मात्र छ भने यहाँ कांग्रेस, राप्रपा र नयाँ शक्तिको मत जोड्दा २५२६ मत पाएका छन् ।  

यता गङ्गाजमुना गाउँपालिका भने बाम गठबन्धननै बलियो छ । स्थानीय तहमा पाएको मतलाई जोड्दा एमाले र माओवादीले ५३३७ मत पाएका थिए भने कांग्रेस, राप्रपा र नयाँ शक्तिले ३६५३ मात पाएको देखिन्छ । 

त्यस्तै रुवी भ्याली गाउँपालिकामा बामगठबन्धन करिव ४०० मतले कमजोर देखिन्छ । यहाँ एमाले-माओवादीको मत जोड्दा १८२६ मत पाएका थिए भने कांग्रेस, राप्रपा र नयाँ शक्तिले २,२२२ मत पाएका थिए । यस गाउँपालिकामा राप्रपाको स्थिति बलियो भएकाले बाम गठबन्धन कमजोर भएको हो ।

यसरी स्थानीय तहमा पार्टीगत रुपमा प्रमुख पदमा उठेका उम्मेदवारले पाएको मतलाई आधार मानेर आंकलन गर्दा धादिङ्ग २ मा बाम गठबन्धन झन्डै ६००० मतले बलियो देखिएको छ । यदी स्थानीय तहको मतलाई विवरणमा देखाउने हो भने एमाले-माओवादीले स्थानीय तहमा करिव ३५,२४५ मत पाएको देखिन्छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेस, राप्रपा र नयाँ शक्तिको मतलाई जोड्दा करिव २९७०४ मत आउने देखिएको छ । 

धादिङ क्षेत्र नम्बर २ अन्तर्गत स्थानीय तहमा २ स्थानिय तहमा माओवादी-कांग्रेस तालमेल रहेकाले एकिन मत परिणाम कति भन्न नसकिए पनि ज्वालामुखी गाउँपालिकामा माओवादीसँग १००० मत र निलकन्ठ नगरपालिकामा ४००० मतको आंकलन गरिएको छ । उत्तरी क्षेत्रका २ स्थानीय तह बाहेक सबैमा बाम गठबन्धनकै दवदवा देखिने हुँदा यहाँ लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जितका लागि त्यति सहज छैन । 

यसैबीच धादिङ्ग क्षेत्र  नम्बर २ अन्तर्गत प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेद्वारी दिएकाहरुको नामावली हेर्नुहोस्:  

धादिङ्ग क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधि सभाका उम्मेदवारहरु:- 

दिलमान पाख्रिन (नेपाली काँग्रेस- लोकतान्त्रिक गठबन्धन)

खेम प्रसाद लोहनी (नेपाल कम्युनिष्ट पार्टी (एमाले) – बाम गठबन्धन)

टिका राम सुनार (एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी))

सिताराम दुवाडी (राष्ट्रिय जनता पार्टी नेपाल)

राम माया परियार (नेपाली जनता दल)

धन बहादुर तामाङ (स्वतन्त्र)

भरत ढुं‌गाना (स्वतन्त्र)

सन्तोष कुमार तमाङ्ग (मंगोल नेशनल अर्गनाइजेसन)

राम बहादुर सिलवाल (स्वतन्त्र)

रुद्र बहादुर गेलाङ मगर (स्वतन्त्र)

चन्द्रिका देवी लिम्बु (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)

(धादिङ-२) प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवारहरु: 

वसन्‍त आचार्य (स्वतन्त्र)

ईश्‍वर अधिकारी (स्वतन्त्र)

कृण्‍ण प्रसाद लंसाल (स्वतन्त्र)

राम कुमार अधिकारी (नेपाल कम्युनिष्ट पार्टी (एमाले))

नन्‍द प्रसाद काप्री (नयाँ शक्ति पार्टी, नेपाल)

रमेश प्रसाद धमला (नेपाली काँग्रेस)

सुर्य बहादुर तामाङ (स्वतन्त्र)

सन्तोष दुवाडी (राष्ट्रिय जनता पार्टी नेपाल)

पंन्च बहादुर तामाङ (मंगोल नेशनल अर्गनाइजेसन)

तारा प्रसाद लामिछाने (स्वतन्त्र)

टोप वहादुर लोप्पा (स्वतन्त्र)

देवी प्रसाद कोइराला (स्वतन्त्र)

खुम प्रसाद सिंखडा (स्वतन्त्र)

राकेश धमला (स्वतन्त्र)

धर्म बहादुर राना (स्वतन्त्र)

रेशम थापा (स्वतन्त्र)

शिवराम भण्डारी (स्वतन्त्र)

(धादिङ-२) प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवारहरु:

सुन्दर तामाङ (स्वतन्त्र)

विष्णु प्रसाद सापकोटा (नयाँ शक्ति पार्टी, नेपाल)

जगत बहादुर सिंखडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र))

सालिकराम थापा मगर (मंगोल नेशनल अर्गनाइजेसन)

डम्बर तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी)

दिपक पाण्डे (स्वतन्त्र)

गणेश बसौला (स्वतन्त्र)

बुद्धि बहादुर तामाङ (स्वतन्त्र)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक