2026-07-07 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल

2026-07-07

काठमाडौँ | भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफूहरूले भ्रष्टाचारको व्याख्या परिवर्तन गरेको दाबी गरेका छन् । मगलबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाही हुने जानकारी दिएका हुन् ।

‘हामीले खरिद ऐनमा स्पष्ट रूपमा काम ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाही गर्ने व्यवस्था गरेका छौं। भ्रष्टाचारको व्याख्या परिवर्तन गरेका छौं,’ उनले भने, ‘पहिलाको भ्रष्टाचारको व्याख्यामा पैसा लेनदेन गरेको कुरालाई बढी फोकस गरेको थियो। अहिलेको खरिद ऐनले काममा ढिला गरेकोलाई पनि भ्रष्टाचार मानेको छ।’

काममा जति ढिला भयो त्यति धेरै राज्यको दायित्व बढ्ने हुँदा जनताले पनि दुःख पाउने उनको भनाइ थियो। यस्तै, उनले अब कलम चलाएन भने पनि भ्रष्टाचारको मुद्दा लाग्ने प्रावधान ल्याउने जानकारी दिए । उनले मन्त्रालयमा काम गरेको चार-पाँच वर्षसम्ममा पनि ठेकेदारले पैसा दिएन भनेर आइरहेको बताए। त्यसैले पहिलेको सरकार चुकेता पनि अहिलेको सरकार त्यसमा चुक्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘यो खरिद ऐन संशोधनको प्रक्रिया ५–६ वर्ष अगाडिदेखि नै सुरु भएर सदनमा आएका छ। त्यसलाई पनि फास्ट ट्र्याकमा समाधान गरियो भने देशले निकास पाउँछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड