2026-07-03 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गठबन्धन बलियो भएकाले जित सुनिश्चित: सागर

2017-11-04

कात्तिक १८, बागलुङ । वाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–१ अन्तरगत सिसाखानीमा भएको छ ।

बडीगाठको वडा नम्बर–३ मा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बाम गठबन्धनबाट प्रदेश सभाका साझा उम्मेदवार चन्द्रबहादुर बुढा सागरले आफ्नो प्रदेश सभा अन्तरगत पर्ने सवै क्षेत्रको समानुपातिक विकास गर्ने योजना सहित आफु चुनावी मैदानमा होमिएको बताए ।


‘मेरो प्रदेश सभामा पर्ने बडीगाड, गलकोट र ताराखोला क्षेत्रको विकास तथा समृद्धिका लागि म चुनावी मैदानमा छु,’ सागरले भने, ‘यस क्षेत्रका जनताको सेवा गर्ने मौका दिनुहुनेछ भन्नेमा म विश्वस्त छु, कसरी काम गर्ने भन्ने ठोस योजना समेत मसँग छ ।’ उनले सिसाखानी क्षेत्र फलाम र तामा खानी भएको ठाउँभएकाले त्यसको अनुसन्धान र उत्खनन्मा आफुले पहल गर्ने बताए । 

‘धार्मिक सास्कृतिक र पर्यटकीय क्षेत्रको विकाश गरि यहाँको घाटु नाचलाई संरक्षण र गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘गाउँ घरका बास्तविक समस्या समाधानका लागि तपाईसँगै हाते मालो गरेर अघि बढ्छु ।’ उनले आफ्नो क्षेत्रमा वाम गठबन्धनको पकड बलियो रहेको भन्दै जित सुनिश्चित रहेको बताए ।

माओवादी केन्द्र बागलुङका सहसंयोजक राजिव घिमिरेले वामपन्थीले मुलुकमा दुई तिहाई मत प्राप्त गरेर कार्यकारी राष्ट्रिपतिय शासन पद्धतिमा ५ वर्ष स्थिर सरकार चलाउने गरि संविधान संसोधन गर्ने बताए । ‘यो गठबन्धन लामो योजनाका साथ केन्द्रबाटै बनेको हो,’ घिमिरेले भने, ‘शासन सत्तामा स्थायित्व ल्याउने र समृद्धिको अभियान अघि बढाउने प्रमुख लक्ष्य छ, त्यसैले मुलुकका लागि हामीलाई हारको छुट छैन ।’ 

जनमेर्चा प्रतिनिधी मेखबहादुर पाईजाले यसअघि जित्नेहरुले जनताको चाहना पुरा गर्न नसकेकाले अहिले वामपन्थीलाई अवसर दिन आग्रह गरे ।

कार्यक्रममा बडीगाड गाउँपालिका वडा नम्बर–३ वडा अध्यक्ष खड्गबहादुर पुन एमालेका हुमबहादुर धर्ती लगायतले जनताको चाहना अनुसार वामपन्थी एकता भएकाले साझा उम्मेदवार जिताउने जिम्मेवारी जनताको काँधमा भएको बताए ।

सो अवसरमा कृष्ण बहादुर थापको संयोजकमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । कार्यक्रम नेकपा माओवादी केन्द्र बडिगाड गाउपालिका वडा नम्बर–३ का अध्यक्ष कृष्णबहादु थापाको अध्यक्षता, राजमोका वडा अध्यक्ष नरबहादुर पटेलको स्वागत र सन्दिप पुनको संचालनमा सम्पन्न भएको छ ।

यसैविच भिमगिठेमा वाम गठबन्धनको ४१ सदस्यीय टोल निर्वाचन प्रचार समित गठन भएको छ । 

आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई केन्द्रित गरि वाम गठबन्धनले बडिगाड गाउँपालिका–७ को माझखर्कमा टोल प्रचार प्रसार समिति गठन गरेको हो ।

देव बहादुर बुढाको संयोजकमा गठन भएको समितिको उप संयोजकमा हेमप्रसाद श्रीष रहेका छन । कार्यक्रम नेकपा माओवादिका जितबहादुर थापा, एमालेका गंगा गुरुङ, कृष्ण भट्टराई र राजमोका ओमबहादुर बुढा लगाएतले बोलेका थिए ।

कार्यक्रममा माओवादीका जिल्ला सदस्य धन बहादुर बुढाको अध्यक्षता र एमालेका खगेन्द्र बुढाको संचालन रहेको थियो । बिमल खड्काको सहयोगमा 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक