2026-10-15 01:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका ४१ मतदान स्थल अति संवेदनशील

नन्दराम जैशी | कात्तिक १९, जुम्ला | आसन्‍न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जुम्लाका ४१ मतदान स्थललाई अति संवेदनशील स्थलको रुपमा राखिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा ७६ ओटा मतदान स्थल मध्ये ४१ वटालाई अतिसंवेदनशील स्थलका रुपमा राखिएको हो । 

सुरक्षा चुनौतिको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको बर्गिकरण गरेको सहायक प्रहरी निरिक्षक तारावहादुर रेउलेले बताए । ११ वटा मतदान केन्द्रलाई सामान्य र १४ ओटा मतदान केन्द्रलाई संवेदनशिल मतदान स्थलको रुपमा वर्गीकरण गरिएको छ । जिल्लामा ७६ मतदान स्थल अन्र्तगत ९० वटा मतदान केन्द्र तोकिएको छ । ’सुरक्षा थ्रेट र प्रहरीलाई प्राप्त विभिन्न सुचनाको आधारमा हामीले ति मतदान स्थललाई अतिसंवेदनशील स्थलको रुपमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । ’

स्थानिय प्रशासनले जुम्लामा खास गरी नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीबाट सुरक्षा चुनौति महसुस गरेको छ । सुरक्षा निकायले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धी चुनावी भएकोले आ आफ्ना नेतृत्वलाई जिताउनका लागि नेता कार्यकर्ता, युवाहरुलाई परिचालन गर्दा दुई पक्ष बीच दोहरो झडप हुने खतरा पनि देखिएको छ । 

सुरक्षा निकायले मतदान स्थललाई देशभर सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । अतिसंवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी पनि अन्यको तुलनामा बढी नै परिचालन गर्ने ब्यवस्था छ । जसमा तीन घेरामा सुरक्षा कर्मी परिचालन गरिनेछ । 

पहिलो घेरामा म्यादी प्रहरी त्यसपछि नेपाल प्रहरी र त्यसपछि बाहिरी घेरामा शसस्त्र प्रहरी परिचालन गरिनेछ । नेपाली सेनाले अतिसंवेदनशील स्थलमा गस्ती ब्यवस्था मिलाईरएको स्थानिय प्रशासनले जनाएको छ । जुम्ला भौगोलिक रुपमा विकट रहेकाले मतदान स्थलमा यातायात र संचारको सहज पहँुच पुग्न नसकेका कारण धेरैजसो मतदान स्थललाई संवेदनशील मतदान स्थलका रुपमा राखिएको छ । 

जिल्लामा यस पटक तीन स्थानमा मतदान केन्द्र थप गरिएका छन् । एक हजार ६४ मतदाता वरावर एक मतदानन केन्द्र तोकिने निर्वाचन आयोगको नियम अनुसार जिल्लामा यो पटक तीन वटा मतदान केन्द्र थप गरिएको निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले बताउनुभयो । 

निर्वाचन कार्यालयका अनुसार निर्वाचन सफल वनाउनका लागि मतदाता शिक्षा, निर्वाचन र सन्चार तालिम जनशक्ति व्यवस्थापन लगायतका गतिविधिहरु तिव्र गतिमा सञ्‍चालन भइरहेका छन् । मंसिरमा हुने निर्वाचनका लागि जुम्लाका ५९ हजार ५८ मतदाताले आफनो मताधिकारको प्रयोग गर्नेछन् । उक्त निर्वाचनमा प्रतिनिधि सभाका लागि ३ दलका ३ जना उम्मेदवार र प्रदेश सभाका दुई निर्वाचन क्षेत्रका लागि ६ दलका १० जना उम्मेदवारहरु मैदानमा उत्रिएका छन् ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित