2026-07-03 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवालाई समृद्ध बनाउने उद्घोष, यस्तो छ चुनावी गतिबिधि

ज्ञानेन्द्र न्यौपाने | कात्तिक १९, रसुवा (रासस) | प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गएपछि समृद्ध रसुवा बनाउने उद्घोषका साथ राजनीतिक दलहरुले चुनावीसभालाई तीव्रता दिएका छन् । 

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य चयन हुने जिल्लामा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको लोकतान्त्रिक गठबन्धनका मोहन आचार्य र प्रदेश (क) मा काँग्रेसकै प्रभात लामा र प्रदेश (ख) मा नयाँ शक्तिका पूर्वसभासद् प्रेम तामाङ चुनावी मैदानमा उभिनुभएको छ । 

यसैगरी वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेकपा (एमाले) का पूर्वसांसद जनार्दन ढकाल तथा प्रदेश (क)मा माओवादी केन्द्रका एमालेका कन्र्याल तामाङ र प्रदेश (ख) मा इन्द्रप्रसाद गोतामे उम्मेदवार रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । दुवै गठबन्धनले रसुवा जिल्लालाई पाँच वर्षमा समुन्नत बनाउने उद्घोष गरेका छन् । 

लोकतान्त्रिक गठबन्धनले रसुवागढी अन्तराष्ट्रिय नाका व्यवस्थित गराउने, विद्युत् उत्पादनमा जलसम्पदाको यथेष्ट उपभोग गरी दाताको लगानी सुरक्षित पार्ने, युवालाई जलविद्युत् क्षेत्रमा रोजगारी दिलाउने, जलविद्य्तुको आयबाट तामाङ सम्पदामार्ग, लाङटाङ र गणेश हिमाल तथा गोसाइँकुण्ड मार्गमा पर्यटकीय पूर्वाधार बनाउने, प्रत्येक गाउँटोलमा सडक निर्माण गर्ने, वृद्धवृद्धालाई वृद्धभत्ता वृद्धि गर्ने, स्थानीय बासिन्दालाई रोजगारीमा पहिलो प्राथमिकता दिने, जिल्लाभित्रका सबैखाले सांस्कृतिक सम्पदाको संरक्षण गर्ने गराउने जस्ता विविध कार्यसूची राखेको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आचार्यले बताउनुभयो । 

“बाइस सय मेगावाट विद्युत् उत्पादन गर्नेलगायत जिल्लाका समग्र विकास कार्यक्रम द्रुत गतिमा अघि बढाउन र म इन्जिनीयर भएकाले गुणस्तरीय विकासका काम गराउन सक्ने हुनाले मतदाताले मलाई अवसर दिनेछन्” उहाँले भन्नुभयो । 

यसैगरी वाम गठबन्धनका उम्मेदवार पूर्वसांसद ढकालले रसुवागढी अन्तराष्ट्रिय नाकाको व्यवस्थापन, प्रत्येक गाउँमा मोटरबाटो बनाई कालोपत्र गर्ने, धार्मिक–सांस्कृतिक क्षेत्रको संरक्षण र संवद्र्धन, युवालाई रोजगारीको अवसर दिने, हिउँद बर्खा दुवैयाममा मोटर गुडाउन प्रत्येक ठाडो खोल्छामा पक्की पुल निर्माण गर्ने, बेत्रावती, भोर्ले, लोकिल यार्सा, ठूलो स्याफ्रुका सडकमा कालोपत्र गराउने, थुमन, चिलिमे, गतलाङ, हाकु, ठूलोगाउँ सडक सञ्जाल, गाउँगाउँमा विद्युत् सेवा, गुणस्तरीय शिक्षा, यथेष्ट स्वास्थ्योपचार सेवा, विद्युत् उत्पादन द्रुत रुपमा अगाडि बढाउने, भत्तावृद्धि गराई वृद्धवृद्धालाई उचित सम्मान गर्ने जस्ता कार्य गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “ रसुवागढी टिमुरेमा सुख्खा बन्दरगाहको व्यवस्थापन, स्याफ्रुबेंसी–मैलुङ, भार्खु–ठूलो स्याफ्रु सडक निर्माण जस्ता विविध विकास निर्माणका काम मैले गरिसकेको छु, अब केही अपूरा काम पूरा गराउन जनताले मलाई चुन्ने विश्वास छ । ” 

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेशन, लिवरल डेमोक्रेटिक पार्टी, नेमकिपा र एकीकृत राप्रपा(राष्ट्रवादी)ले पनि निर्वाचनमा भाग लिएका छन् । मंगोल र लिवरलले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उममेदवारी दिएका छन् भने नेमकिपा र एराप्रपा (राष्ट्रवादी) ले प्रदेशभामा मात्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभामा सात स्वतन्त्रसहित ११ र प्रदेशसभामा १३ जनाको उम्मेदवारी रहे पनि गठबन्धनका दलबाहेक अन्य दल तथा स्वतन्त्रको चहलपहल देखिएको छैन । जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार जिल्लामा अपांगता भएका ४५४ समेत कूल ३२ हजार ३२२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । राजनीतिक दलका गठबन्धनले शान्तिपूर्ण तवरले चुनावीसभा गरिरहेको बताइएको छ । 

निर्वाचन शान्त र सहज तरिकाले सम्पन्न गर्न मतदान केन्द्रको निरीक्षण र सुरक्षाको तयारी तीव्ररुपमा अगाडि बढाइएको प्रजिअ हीरादेवी पौडेलले बताउनुभयो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्री र सशस्त्र प्रहरी बलका प्रमुख प्रकाश वाग्लेले निर्वाचन सुरक्षामा आफूहरु तयार भइसकेको बताउनुभयो । निर्वाचन समयमा हुन सक्ने अवान्छित गतिविधि रोक्न सुरक्षागस्तीलाई समेत तीव्र पारिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक