2026-07-03 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा वामगठबन्धनको घोषणा पत्र तयार, के-के छन् घोषणामा ?

लोकेन्द्र प्रशाद जोशी | कात्तिक २०, दार्चुला । दार्चुलामा वाम गठबन्धनले संयुक्त घोषणा पत्र तयार गरेको छ । जिल्लाको तर्फबाट साझा प्रतिबद्धता नाम दिइएको घोषणा पत्रमा समग्र जिल्लामा पर्यटन पूर्वाधार विकासमा जोड दिइएको छ । दार्चुलाबाट प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको तर्फबाट प्रतिबद्धता स्वरुप घोषणा पत्र तयार गरिएको हो ।

बाम गठबन्धनले शैल्यशिखर मालिकार्जुन गुरु योजना अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिने जनाइएको छ । यस्तै शेरा जौलजीवि खलंगा व्यास लिपुलेक मार्गलाई मानसरोवर पर्यटकीय मार्गको रुपमा विकास गरिने उल्लेख छ । अपि हिमाल पर्यटकीय मार्गको गोकुलेश्वर, विटुले पारिबगर, मकरीगाड क्षत्ति क्षेत्रको गोकुलेश्वर, लटिनाथ, गुल्जर, घुसा र खण्डेश्वरीमा व्यवस्थित पर्यटकीय आवास गृह निर्माण गरिने तथा होमेस्टेको रुपमा विकास गरिने नीति लिइएको घोषणा पत्र मस्यौदा समितिका सदस्य शेरसिह धामीले जानकारी दिनुभयो ।

यस्तै खलंगा जैतकोट हिकिला दुहु, दम्दाकोट थाइसैन ब्रह्मलेक सिद्धटोपी पर्यटन पदमार्गको रुपमा विकास गरिने छ । भने यी क्षेत्रमा पर्यटकी सम्भाव्यता अध्ययन गरी हिल क्लाइम्बीङस्थल निर्माण गरिने नीति लिइएको घोषणा पत्रमा उल्लेख छ । जिल्लामा रहेका विभिन्न मन्दिर तथा देवस्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै जिल्लाको पर्यटकीय गुरु योजना अनुसार योजनाहरु कार्यान्वयन गर्दै लगिने वाम गठबन्धनको घोषणा पत्रमा उल्लेख गरिएको धामीले बताउनुभयो ।

घोषणा पत्रमा पर्यटन पूर्वाधार सँगै, शिक्षा, स्वास्थ्य, यातायात,खानेपानी तथा सरसफाई, सिचाइ तथा ढल निकास, सञ्चार, विद्युतीकरण, भूक्षय नियन्त्रण तथा विपद व्यवस्थापन, वन वातावरण र जडिबुडि विकास, कृषि तथा पशुपक्षी विकास क्षेत्र, उद्योग रोजगारी क्षेत्र, खेलकुद, समाजिक सुरक्षा जस्ता विविध क्षेत्र छुट्याइएको छ । 

घोषणा पत्रलाई औपचारिक रुपमा केन्द्रीय नेतृत्व जिल्ला बोलाएर सार्वजनिक गर्ने तयारी भएको एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो । तर स्थानीय कार्यकर्तालाई भने अहिले देखि नै घोषणा पत्र अध्ययन एवं प्रचारको लागि वितरण शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै वाम गठबन्धनको घोषणा पत्रमा पिछडिएको क्षेत्र निर्धारणमा काग्रेस दोषी भएको देखाइएको छ । वाम गठबन्धनले तयार पारेको संयुक्त प्रतिबद्धता पत्रमा काग्रेस सरकारले गरेको निर्णय सच्चाउन पहल गर्ने उल्लेख गरेको हो ।

नेपाली काग्रेसको नेतृत्वमा रहेको सरकारले घोषणा गरेको पिछडिएको क्षेत्रको गलत निर्णयका कारण जिल्ला पछाडि परेको भन्दै यसको लागि वाम गठबन्धनले पहल गर्ने जनाइएको छ । वाम गठबन्धनले पिछडिएको वर्गको उत्थानको लागि आधुनिक पेशा व्यवसाय गर्ने नीति लिने जनाएको छ । यस्तै भूमीहिन दलित तथा भुमीहिन अन्य समुदायका समुदायको लागि आवासको व्यवस्था गरिने विषय समेटिएको घोषणा पत्र तयार मस्यौदा समितिका सदस्य शेरसिह धामीले बताउनुभयो । सामाजिक रुपमा पछाडि परेका र पारिएका जनजाति, लैगिंक अल्पसंख्यक, अपांगता भएका व्यक्ति किसान तथा मजदुर वर्गको उत्थानको लागि नीतिमै कार्यक्रम ल्याइने घोषणा पत्रमा उल्लेख भएको धामीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक