2026-07-03 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रतिनीति सभा र प्रदेश सभा निर्वाचन: मतदाता रिझाउन ब्यस्त उम्मेदवार

2017-11-06

कात्तिक २०, कालिकोट । मौसम परिर्वनसंगै कालिकोटमा जाडो बढ्दै गए पनि चुनावी माहौल भने निकै तातिएको छ । 

मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफ्नो जित सुनिश्चत भन्दै चुनावी अभियानमा लागेका विभिन्न राजनीतिक दल र तिनका उम्मेदवार यतिबेला मतदाता रिझाउन गाउँगाउँ पुगेका छन् । विगतका निर्वाचनमा झै यस पटक दलहरुले चुनावी सभा भन्दा पनि घरदैलो अभियानमा छन् । 

कालिकोटमा विभिन्न राजनीतिक दलका ८ जना उम्मेद्वारहरु प्रतिनिधी सभा सदस्यका लागि प्रत्यक्ष प्रतिष्पर्धामा छन् भने २ मात्र क्षेत्र रहेको प्रदेश सभाका लागि क्षेत्र (क) मा ६ जना र क्षेत्र (ख)मा ५ जना उम्मेद्वार चुनावी मैदानमा होमिएका छन् । चुनावी प्रतिष्पर्धामा जति उम्मेद्वार भए पनि कालिकोटमा प्रतिनिधी सभा र प्रदेश सभा दुवैका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । 

चुनावी प्रचार प्रसारको अभियानमा उनीहरू दुवैले आफ्ना एजेण्डासहित घरदैलो अभियानलाई प्राथमिकता दिएका हुन् । घरदैलो अभियानसंगै उनीहरुले स्थानीय तहस्तरमा सभासमेत गर्न भ्याएका छन् । २०४८ सालको निर्वाचन यताका कुनै पनि निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न नसकेको नेपाली काँग्रेस यो चुनावमा आफ्नो जित सुनिश्चित भएको भन्दै गाउँगाउँमा घरदैलो अभियानमा लागेको नेपाली काँग्रेस कालिकोट का सभापति हर्षबहादुर वमले बताए । 

‘मतदाताहरु कालिकोटमा काँग्रेसलाई जिताउन आतुर छन्’ वमले भने, ‘कालिकोट मा दुई दशकभन्दा बढी शासन गर्ने कम्म्युनिष्ट हरुबाट यहाँका जनता आजित भएका छन् र उनीहरु काँग्रेसले परिवर्तन गर्न सक्छ भन्ने आशमा छन् ।’ कालिकोट जिल्लाको समृद्धिका लागि कालिकोटका जनताले काँग्रेस जिताउन चाहेको उनले दावी गरे । 

नेकपा एमाले र नेकपा माओवादीको वाम गठबन्धले आफुहरु चुनाव जित्नेमा ढुक्क भएको बताएको छ । चुनावी अभियानमा नरहरीनाथ पुगेका एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही ‘नेश्नल’ले दुई पार्टी एक भएर चुनाव लड्दा नजित्ने कल्पनै गर्न नसकिने बताए । वाम गठबन्धनको चुनाव प्रचार प्रसार समिति संयोजक समेत रहेका शाहीले वामगठबन्धनका बिषयमा गाउँका कार्यकर्ता हरुमा केही असन्तुष्टि भए पनि चुनावी परिणाम वाम गठबन्धनकै पक्षमा हुने दावी गरे । 

‘निश्चित रुपमा राष्टिूय राजनीतिलाई लिएर गाउँमा कार्यकर्र्तामा केही असन्तुष्टिहरु छन्, यो स्वभाविक पनि हो’ उनले भने, ‘नेतृत्वले गठबनधनको आवश्यकता र यसको प्रभावका बिषयमा हामीले तल्लो तहसम्म पु¥याएका छौ, यसले कार्यकर्ताबीचको अन्यौलता चिरेको छ ।’ कात्तिक ११ गतदेखि पलाताबाट चुनावी अभियान थालेका शाहीले चुनाव वाम गठबन्धनले जिते पनि काँग्रेसले जिल्लामा केही भोट बढाउने भने अड्कल गरे ।

शाहीसंगै नेकपा एमालेका उपाध्यक्ष रमेश शाही, निवर्तमान साँसद तुलाराज बिष्ट र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज जीवन बुढा, वाम गठबन्धनका प्रतिनिधी सभा उम्मेद्वार दुर्गबहादुर रावत, प्रदेश सभा (ख) का उम्मेद्वार महेन्द्रबहादुर शाही लगायतका नेताहरु घरदैलोमा छन् । 

यता नेपाली काँग्रेस नेतृत्वमो लोकतान्त्रिक गठबन्धनमा राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टीका नेताहरु चुनावी प्रचारमा छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रतिनिधी सभा सदस्य उम्मेद्वार भुपेन्द्रजंग शाहीले आफ्नो गृहनगर खाँडाचक्र नगरपालिकाका सबै ठाउँमा घरदैलो सम्पन्न गरी जिल्लाका अन्य क्षेत्रको अभियान थालेको 

बताएका छन् । काँग्रेसका पक्षमा माहौल बढ्दै गएको दावी गरे । ‘जनता काँग्रेसको पक्षमा छन्’ उनले भने, ‘पटक पटक कालिकोटको नेतृत्व कम्म्युनिष्ट पार्टीका नेताहरुले गरेपनि जिल्लाको बिकासमा ध्यान नदिए पछि अहिले कालिकोटबासी जिल्लाको समृद्धिको पक्षमा छन् ।’

आफ्नो गृहनगर नरहरीनाथबाट चुनावी अभियानको घरदैलो थालेका नेपाली काँग्रेसका प्रदेश सभा (ख) का उम्मेद्वार कालीबहादुर सहकारी सोमबार बेलुका शान्नित्रिवेणीको मुम्रामा थिए । घरदैलो अभियानबाट जनताले दिएको आश्वासनले हौसिएका सहकारीले आफ्नो जित सुनिश्चित भएको बताए । तीन दशक लामो राजनीतिक अनुभव बटुलेका सहकारी काँग्रेसको मात्रै होइन् काँग्रेस इतर पनि लोकप्रिय छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक