Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-07-25 03:11 AM
पर्बत - PBT

बामगठबन्धन विरुद्ध काँग्रेसले प्रयोग गर्यो अन्तिम अस्त्र, दलितका मत दिएर विजयी हुने योजना

पर्वत । पर्वतमा तीन पटकसम्म लगातार विजयी हासिल गरे ह्याट्रीक गरेका नेपाली काँग्रेसका निवर्तमान् सांसद अर्जुनप्रसाद जोशीले यसपाली पनि विजयी हुने गोप्य रिपोर्ट बाहिरिएको छ । रिपोर्टका अनुसार बामगठबन्धनलाई सांसद जोशीले १० हजार मतले पछार्ने बुझिएको छ ।

जिल्लामा झण्डै दश हजार दलित समुदायका मतदता रहेको र तिनै दलित मतदाताको मतले काँग्रेस यसपाली पनि जिल्लामा विजयी हुने बुझिएको छ ।
दलित समुदायका मतदताहरुलाई आफ्नो पक्षमा मतदान गर्नको लागि नेपाली काँग्रेसले जिल्ला दलित संघ र सोही संस्थासँग आबद्द गाउँस्तरीय दलित संघलाई प्रयोग गर्ने भएको छ ।

आफ्नै पक्षबाट असहयोग हुन थालेपछि नेपाली काँग्रेसले यस्तो अन्तिम उपाय निकालेको हो । नेपाली काँग्रेस पर्वतले दलित संघसँग एक बैठकको आयोजना गरी दलित समुदायको मत र मुस्लीम समुदायको मत आफ्नो पक्षमा पर्ने गरी अभियान शुरु गरेको छ ।
बागी उम्मेदवार दिएका राम शर्माले उम्मेदवारी फिर्ता लिएरपनि उनीमाथि नेपाली काँग्रेसले पूर्ण रुपमा विस्वास गर्न भने अझै सकेको छैन । पत्रकार सम्मेलन गरी उनले दिएका अभिव्यक्ति र बागी उम्मेदवारी फिर्तापछिको अभिव्यक्तिमा फरकपन भएता पनि अझै उनीमाथि काँग्रेसले पूर्ण विश्वास गर्न भने नसकेको हो ।

काँग्रेसभित्रकै पौडेल पक्ष गुट अझै पनि असन्तुष्ट रहेका कारण चुनावमा नेपाली काँग्रेस भित्रकै गुटका कारण मतदानमा फरक आउनसक्ने पनि बुझिएको छ । पोडेल पक्षसँग आफूहरुले प्रदेशसभा र प्रतिनिधिसभामा मनोनयन दर्ता गर्न नपाएको झोक मतदान गर्ने बेलामा पोख्ने पो हुन कि भन्ने पनि आशंका पैदा भएको छ ।

नेपाली काँग्रेसको किल्लाका रुपमा पर्वतलाई यसपाली पनि बनाउनको लागि काँग्रेससँग यो अन्तिम विकल्प रहेको बुझिएको छ । दलित समुदायहरुलाई जोशीले रिजाउन सके उनलाई दलित समुदायको मत आउने पक्का देखिएको छ ।
दलित संघ पर्वतका अध्यक्ष याम परियारले दलित समुदायको मत सवै नेपाली काँग्रेसमानै हुने गरी अभियान चलाउने बताएका छन् । उनले पार्टी कार्यालयमा भएको बैठकमा दलित समुदायप्रति नेपाली काँग्रेसले गुन लगाएको भन्दै दलित समुदायको एक मत पनि बाहिर नजाने गरी अभियान चलाउने समेत बताएका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक