2026-07-03 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पदम गिरीले गरे अर्जुन जोशीमाथि प्रहार– १८ बर्ष सांसद हुदाँ माखो नमार्नेलाई भोट माग्ने नैतिक आधारनै छ

2017-11-08


पर्वत । बामगठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी नेपाली काँग्रेमाथि खरो उत्रिएका छन् । उनले नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका अर्जुन जोशीसँग भोट माग्ने कुनै पनि नैतिक आधार नभएको टिप्पणी समेत गरेका छन् ।

जिल्लाबाट तीनतीन पटक जनताले चुनेर पठाउँदा समेत उनले जिल्लामा माखो मार्न नसकेको दाबी गरे । १८ बर्ष सम्म जनप्रतिनिधी हुँदा एक मिटर बाटो समेत पक्की गर्न नसक्ने र अरुले गरेका कामहरुलाई मैले गरेको भन्दै जनतामाथि भ्रम छर्ने नेतालाई अब जिल्लामा भोट माग्ने कुनै पनि आधार नभएको उनले दाबी गरे ।

जनताको पक्षमा बोल्लान भन्दा संसदमा पूर्व सांसदलाई पेन्सनको व्यवस्था गर्नुपर्छ भन्ने नेतालाई अब कसरी जनताले भोट दिने ? उनले भने ।

नेता गिरीले नेपाली काँग्रेसमा विपिको सिद्धान्त देखेर लागेका युवाहरु समेत यतिबेला पीडामा रहेको भन्दै अब सवै जिल्लाबासीको मुहारमा खुसि ल्याउन बामगठबन्धन तयार भएको बताए । १८ बर्षसम्म जिल्लामा आफ्नो बर्चश्व जमाएर जनतालाई खुनका आशु रुहाएको नेपाली काँग्रेसलाई पाँच बर्षका लागि पत्ता साफ गर्नसके जिल्लाको विकास र आर्थिक समृद्धि हुने उनले बताए ।

युवाहरुलाइ स्थानीय तहमानै परिचालन गरी रोजगारको व्यवस्था मिलाउन आफू प्रतिबद्ध भएकै कारण युवाहरुको अधिकारलाई बुलन्द बनाउन आफूले उम्मेदवारी दिएको बताए ।

‘अब जनतालाई जालझेल गरेर गुमराहमा राख्ने दिन सकिए’ ‘कसैले पैसाका आधारमा चुनाब जित्छु भन्ने सपना देखेको छ भने त्यो अब चकनाचुर हुनेछ’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक