2026-07-24 11:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेश हितमा वकालत गर्ने दल काँग्रेस मत्र हो: देउवा

कात्तिक २२, जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस मधेश र मधेशीको हितमा सधैँ वकालत गर्ने दल भएको बताउनुभएको छ । 

नेका जिल्ला कार्यसमिति धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै उहाँले मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि काँग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – “सबैको अस्तित्वको सम्मान र रक्षाका लागि काँग्रेस सधैँं संवेदनशील रहेको छ । जनताको अस्तित्वसँग खेलवाड गर्न उद्यत रहेकोप्रति सबै सजग हुनु जरूरी छ । ” 

जनकपुरधाम र मधेसको विकासका सवालमा काँगे्रस सरकारले विशेष योजना कार्यान्वयन गरेको प्रशंग पनि उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – “बाढीपीडितलाई यथोचित राहत र बाढी समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारले योजना अघि सारेको छ ।” 

नेकाका पूर्व महामन्त्री विमलेन्द्र निधिले काँगे्रसकै पहल र सक्रियतामा जनकपुरधाममा सडक विस्तार, सडक स्तरोन्नति, मणिमण्डप विकास योजना, पोखरी संरक्षण योजना र राजर्षिजनक विश्वविद्यालय स्थापना विधेयक पारित भएको बताउनुभयो । कार्यक्रम जिल्ला सभापति रामसरोज यादवको अध्यक्षतामा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक