2026-07-03 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाम गठबन्धन चुनावी यात्रा मात्र नभई पार्टी एकताका लागि हो: गुरुङ

2017-11-08

कात्तिक २२, तनहुँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य किरण गुरुङले नेकपा (माओवादी केन्द्र) सँगको तालमेल चुनावी यात्राका लागि मात्रै नभई पार्टी एकताका लागि भएको बताउनुभएको छ । 

प्रचार प्रसार समितिद्वारा आज दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ६० एमाले र ४० प्रतिशत माओवादी केन्द्रको सहमतिअनुरुप पार्टी एकता हुन लागेको स्पष्ट पार्नुभयो । 

तनहुँ क्षेत्र नं २ को प्रदेश ‘ख’ का उम्मेदवार रहुनभएका नेता गुरुङले मुलुक नयाँ परिवर्तनको संघारमा उभिएकोे र स्थिर सरकार नहुँदासम्म विकास निर्माण हुन नसक्ने भएकाले वाम गठबन्धन आवश्यक भएको बताउनुभयो । 

स्थानीय सरकारलाई सबल बनाउन, दक्ष र कुशल प्रशासन सयन्त्र निर्माण, आर्थिक विकास, गरिबी अन्त्य, आधारभूत शिक्षालाई निःशुल्क, शुद्ध पिउने पानीको व्यवस्था, सघन बस्ती, शहरी विकास, बिजुली तथा बालमजदुर, महिला हिंसा र बेचबिखनको अन्त्य गर्दै वृद्धाआश्रम र अपाङ्गताका लागि मैत्रीपूर्ण जिल्लाका रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

वाम गठबन्धनका तर्फबाट क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार केदार सिग्देलले पूर्वाधार, पर्यटन र कृषि क्षेत्रको विकासका लागि वाम गठबन्धनको आवश्यकता रहेको बताउँदै यो कसैका विरुद्ध नभई राष्ट्रिय राजनीतिको आवश्यकता बमोजिम भएको धारणा व्यक्त गर्नुभयो । 

प्रदेश नं २ प्रचार प्रसार समितिका संयोजक विष्णुभक्त सिग्देललको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक