2026-07-24 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी गाडीको दुरुपयोग गर्दै राज्यमन्त्री चौधरी चुनावी प्रचारमा

कात्तिक २२, कैलाली । नेपाल सरकारका संघीय मामिला तथा स्थानीय बिकास मन्त्री जनक चौधरी सरकारी गाडीको दुरुपयोग गर्दै चुनावी अभियानमा लागेका छन् ।

२०७० को संबिधान सभाको दोश्रो चुनावमा कैलाली क्षेत्र नं १ बाट लोकतान्त्रिक फोरमबाट बिजय भएर सभासद् भएका चौधरी अहिल राज्यमन्त्री सम्म पुगेका छन् । पछिल्लो राजनितिक घटनाक्रमले कम्युनिष्टहरु एक भएका बाम गठबन्धन भए पछि लोकतान्त्रिक फोरम पनि नेपाली कांग्रेसमा बिलय भएर लोकतान्त्रिक गठबन्धन भएको छ । 

यसै बेला नेपाल भरी नै बामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनको यही मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उच्च चर्चा रहेको बेला राज्यको एक जिम्मेवारी ब्यक्तिले राज्यकै सम्पतिलाई प्रयोग गरी पार्टीगत प्रचारमा हिड्नु नराम्रो भएको जनताको गुनासो छ ।

राज्यमन्त्री चौधरी बुधबार चुनावी छलफलका लागि सरकारी गाडीको प्रयोग गर्दै जोशीपुर गाउँपालिकाको कार्यालयमा पुगेका हुन । बा १ झ ९८४७ नम्बरको सरकारी गाडीलाई गाउँपालिका कार्यालय बाहिर राखेर चौधरी भित्र कार्यलयमा एक माला पहिरिएर बसेका थिए । 

वडा नम्बर १ का वडाध्यक्ष बिधिराम चौधरीले गरेको उक्त सम्मान कार्यक्रममा बोल्दै चौधरीले भने- “लेटिटसहरु फस्टाएको मुलुकमा दरिद्रता मात्र हुन्छ, त्यस्तै बामहरु फस्टाइको मुलुकमा पनि दरिद्रता उत्पन्न हुन्छ, त्यसैले अब सबैले लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्छ, अनि मात्र देश बिकास हुन्छ ।” 

सम्मान कार्यक्रममा उपस्थित मन्त्री चौधरीले चुनावी कार्यक्रमहरु सरकारी गाडीको दुरुपयोग गरेको भन्दै जोशीपुर गाउँपालिका वडा नं १ का जनताले  मन्त्रीको चर्को अआलोचना गरेका छन । यज्ञराज उपाध्यायको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक