2026-09-19 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

राप्रपाका जिल्ला सचिवसहित काङ्ग्रेसका दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश

ताराबहादुर महत । कार्तिक २३, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोलखाका सचिव पुर्णबहादुर थापा एमालेमा प्रवेश गर्नुभएको छ ।

थापाको गृह गाउँ भिमेश्वर नगरपालिका वडा नम्बर ७ कुप्रिमा आज आयोजित एमालेको चुनावी सभामा उहाँसहित राप्रपा र नेपाली काङ्ग्रेसका ४० जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेसका वडास्तरका प्रभावशाली नेताहरु सिताराम शाही, नेत्रबहादुर खड्का, हेमकुमार थापा, निर्मला थापा, नवराज बस्नेत, सुकराज बस्नेत लगायत रहनुभएको छ । त्यसैगरी राप्रपाका वडा कमिटीका बहुमत सदस्यहरु पनि एमाले प्रवेश गरेका छन ।

राप्रपा दोलखाको सचिवको भुमिकामा रहनुभएका ६४ बर्षिय पुर्णबहादुर थापा पार्टीको महत्वपुर्ण पदमा रही लामो जीवनकाल व्ययतित गरिसक्नु भएको थियो । लामो राजनितिक जीवन कालमध्ये आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राप्रपाले काङ्ग्रेस जस्तो प्रतिक्रियावादी, राष्ट्रघाति र देश विकासमा बाधा पु¥याउँदै आएको पार्टीसँग सहकार्य गरेको भन्दै असन्तुष्टी जनाउनुभएको थियो । कङ्ग्रेससँगको सहकार्यबाट पार्टी केन्द्रसँग असन्तुष्ट रहनुभएका थापा जनताको हितमा काम गर्ने पार्टी एमाले मात्र भएको भन्दै एमालेमा प्रवेश गर्नुभएको होे । दुई तिहाई भन्दा बढी बहुमतको सरकार बनाएर समृद्ध नेपाल निमार्ण गर्ने बाम गठबन्धनको अभियानमा योगदान पु¥याउने अभिप्रायले एमाले प्रवेश गरेको उहाँको भनाई छ । उहाँले आफ्नो बाँकी जीवनकाल एमालेको सक्रिय राजनिति र वडाको विकासमा सर्मपण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । थापा राजनितिक नेता मात्र नभएर समाजसेवीका रुपमा समेत परिचित हुनुहुन्छ ।

थापा लगायत सम्पुर्ण नवप्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ दोलखाका उम्मेद्वार पशुपति चौँलागाँई, एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य दोलखाका उम्मेद्वार पार्वत गुरुङ लगायतले टिका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई