2026-07-25 05:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा ७५ हजार मतपत्र सहित निर्वाचनका सबै सामाग्रीहरु पुगे

टेक शाही/कात्तिक २३, डोल्पा । डोल्पा जिल्लामा निर्वाचनका सबै सामाग्रीहरु आइ पुगेका छन । 

७५ हजार पतपत्र र १ सय २० थप मतपेटिका जिल्लामा पगेको निर्वाचन कार्यालय डोल्पाका निमित्त निर्वाचन अधिकारि नवराज पौडेलले जानकारि दिए । उनका अनुसार मतपत्र र मतपेटिका लागायत निर्वाचनका अन्य सम्पूर्ण सामाग्रीहरु जिल्लामा पुगि मँगलबार पुगि सकेको बताए ।

नेपाली सेनाको हेलिकप्टर मार्फत मँगलबार बेलुकी सम्म डोल्पा जिल्लाका लागि निर्वाचनका लागि आबस्यक पर्ने सम्पूर्ण सामाग्रीहरु प्रयाइएको मूख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारि दिए । उनले भने मतदानका लागि आवजास्यक पर्ने सबै सामाग्रीहरु जिल्लामा पुगेको र प्रचारप्रशारका सामाग्रीहरु थप भएमा मात्र पछि आउने जानकारि दिए । 

डोल्पा जिल्लामा ६५ वडा र ६६ वटा मतदान केन्द्र रहेका छन । प्रत्येक मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिक गरि कम्तीमा ३ वटा मतपेटिका रहने जिल्ला निर्वाचन कार्यालयका क्म्प्यूटर प्राबिधिक सुमन राइले जनकारि दिए । उनका अनुसार १ सय २० वटा मतपेटिका यस पटक थप गरिएको र बाँकी पतपेटिका २०७० र २०७३ को स्थानिय निर्वाचनमा प्रयोग भएका मतपेटिका प्रयोग हुने बताए । 

एक निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन । कुल १८ हजार ९ सय ८९ मतदाता रहेको डोल्पा जिल्लामा पदेश निर्वाचन “क”मा ३० वटा बडा र ३० वटै मतदान केन्द्र रहेका छन भने ८ हजार २ सय ५० मतदाता रहेका छन । त्यसै गरि निर्वाचन प्रदेश “ख”मा ३५ वडा र ३६ वटा मतदान केन्द्र रहेका छन भने १० हजार ७ सय ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

निर्वाचनका लागि आएका निर्वाचन सामाग्रीहरुमा ७५ हजार मतपत्र मूख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षा पहरामा राखिएको र अन्य पतपेटिका साथै अन्य सामाग्रीहरु निर्वाचन कार्यालयमा सुरक्षाका साथ राखिएको मूख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारि दिए । उनले भने अब दैनिक निर्वाचनका काम अधि बढिरहेको र कुनै पनि कसुर नराखी निर्वाचनका कम गरिने बताए । 

निर्वाचनका दिन दैनिक नजिकीदै गर्दा जिल्लामा निर्वाचनका कुनै पनि काम भएका भने छैनन । निर्वाचन शिक्षा कार्यकर्तालाइ समेत प्रशिक्षण दिइएको छैन । निर्वाचन शिक्षा कार्यकर्ताहरु नै परिचालित नभए पछि मतदाताले प्रतिनिधिसभा र प्रदेशसभाको मत कसरी गर्ने भन्ने बारे  कुनै पनि जानकारि नपाएको मतदाताहरु बताउछन । 

यता निर्वाचन कार्यालयले गएको १४ गते निर्वाचन शिक्षा कार्यकर्तालाइ प्रशिक्षण दिएर गाँउगाँउ पठाउने भने पनि बिभिन्न कारणले केहि दिन त्यस्ता कुनै पनि काम गर्न नँसकिएको जानाएको छ । 

डोल्पामा यस पटकको निर्वाचनमा प्रत्यक्ष तर्फ भन्दा पनि समानुपातिक तर्फको मतपत्रमा मतदाता अन्योलमा पर्ने धेरै नागरिकको ठम्मयाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक