कात्तिक २४, पर्बत | आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पर्वतको प्रदेशसभा क्षेत्र १ ९क०बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २४, पर्बत | आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पर्वतको प्रदेशसभा क्षेत्र १ ९क०बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्"/>

2026-09-19 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

“पर्वतवासीको शिर झुक्न दिन्न मलाई मत दिनुहोस”- उम्मेदवार अधिकारी

कात्तिक २४, पर्बत | आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पर्वतको प्रदेशसभा क्षेत्र १ ९क०बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नेत्र अधिकारीले जिल्लाको समग्र विकास गरी पर्वतलाई मुलुककै नमुना जिल्ला बनाउने अठोट गर्नुभएको छ । 

जिल्लाको साधनस्रोतको समुचित रुपमा परिचालन गरेर विकासको लहर ल्याउने योजना वाम गठबन्धनले वनाएको बताउँदै उहाँले प्रदेशमा मूख्य मन्त्री र केन्द्रमा स्पष्ट बहुमत सहितको सरकार निर्माण गर्नका लागि मत दिन प्रदेश नम्बर १ का मतदाता समक्ष अपिल गर्नुभएको छ ।

वाम गठबन्धनको संयुक्त प्रचार टोलीले सहित बुधवार जलजला गाउँपालिका ७ धाइरिङमा घरदैलो र कार्यकर्ता भेटघाटमा आउनुभएका उम्मेदवार अधिकारीले पर्वतमा यसपटक वामपन्थीको विजयलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभयो । पैसा बाडेर चुनाव जित्ने सपना कसैले नदेख्न उहाँले चेतावनी दिनुभयो । चुनावका समयमा हुने अवान्छीत गतिविधिलाई वाम गठबन्धनले शसक्त प्रतिरोध गर्ने उद्घोष गर्नुभयो । हामी जनताको मन जितेर विजयी हुन्छौ उम्मेदवार अधिकारीले भन्नुभयो,‘धनवाद र डनवादलाई यो निर्वाचनमा जनताले पाखा लगाउँछन् ।’ मिलनचोक,सल्यान,वास्कोट र धारापानीमा क्षेत्रका मतदाताहरुलाई भेटघाट र घरदैलो गरेर वाम गठबन्धनलाई मतदान गर्न उहाँले आग्रह गर्नुभएको छ । मिलनचोक र सल्यानमा भएको कोणसभामा उम्मेदवार अधिकारीले राजनीतिक स्थीरता कायम गरि मुलुकलाई विकास र समृद्धिको दिशामा लैजानका लागि वामपन्थीहरु विच गठबन्धन निर्माण भएको बताउनुभयो । आगमी निर्वाचनमा वाम गठबन्धनले दुइतिहाई ल्याउने उम्मेदवार अधिकारीले ठोकुवा गर्नुभयो ।

मिलनचोक बजारलाई संरक्षण गर्न तटबन्धन निर्माणका लागि आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कृषि खेतीको आधुनिकिकरण र व्यवसायिकरण लागि वामगठबन्धनले योजना बनाएको बताउँदै उम्मेदवार अधिकारीले जलजलामा सिँचाई,खानेपानी,शिक्षा स्वास्थ्य र ग्रामिण सडकको सुधारका लागि विशेष कार्ययोजना बनाएर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर वि पौडेल,माओवादीका गुप्तहमाल,नेकपा एमाले पर्वतका उपसचिव गोविन्द पहाडी, मेघनाथ शर्मा,पूर्व उपसचिव उदय सुवेदी र माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार मनरुपा सुवेदी लगायतले वाम गठबन्धनलाई मत दिन अनुरोध गर्नुभएको थियो । प्रचार टोलीमा माओवादी जलजला गाउँपालिकाका अध्यक्ष दिपक आचार्य,वडा अध्यक्ष टुङनाथ आचार्य र स्थानीय नेता तथा कार्यकर्ताहरु सहभागि छन् ।

निर्वाचन परिचालन कमिटि जलजलाका संयोजक लाल वहादुर अधिकारीको अध्यक्षता माओवादी केन्द्र धाइरिङका अध्यक्ष हरि आचार्यको सञ्चालन र वाइसिएल नेपालका केन्द्रिय सदस्य लोकराज आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । चुनावी अभियानका टोलीलाई धाइरिवासीहरुले फुलमाला र अविरले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह