प्रज्वल पाैडेल/कार्तिक २५, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पुष्पलालकाे जिल्ला रामेछापलाइ  देशभित्रका वामपन्थीहरुको मात्र नभइ विश्वका कम्युनिष्टका लागी गन्तव्यस्थल बनाउन लागीएकाे बताउनुभएकाे छ ।

तीनलाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल/कार्तिक २५, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पुष्पलालकाे जिल्ला रामेछापलाइ  देशभित्रका वामपन्थीहरुको मात्र नभइ विश्वका कम्युनिष्टका लागी गन्तव्यस्थल बनाउन लागीएकाे बताउनुभएकाे छ ।

तीनलाल"/>
2026-07-03 09:46 AM
काठमाडौँ - KTM

रामेछापलाई विश्वका कम्युनिष्टका लागी गन्तव्यस्थल बनाइन्छ: माधव नेपाल (भिडियोसहित)

2017-11-11

प्रज्वल पाैडेल/कार्तिक २५, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पुष्पलालकाे जिल्ला रामेछापलाइ  देशभित्रका वामपन्थीहरुको मात्र नभइ विश्वका कम्युनिष्टका लागी गन्तव्यस्थल बनाउन लागीएकाे बताउनुभएकाे छ ।

तीनलालकाे जन्म भएकाे भुमी र कम्युनिष्ट अान्दाेलनका नेता एवं नेकपाका संस्थापक महासचिव पुष्पलालकाे जिल्ला भएकाे बताउदै उहाँले रामेछापमा एउटा नमुनालायक कम्युनिष्ट पार्टीको स्मृतिमा स्मारक पार्क,म्युजियम बनाउन लागीएकाे धारणा राख्नुभयाे । 


संयुक्त वाम गठबन्धन सम्पर्क मञ्च रामेछापले शनिबार काठमाण्डाैमा अायाेजित कार्यक्रमलाइ सम्बाेधन गर्दै नेपालले वामगठबन्धनले यसपाली २ तिहाइ बहुमत ल्याएर स्थीर सरकार निर्माण गर्ने धारणा राख्नुभयो । उहाँले  काङ्गेसकाे सरकारले जनताकाे हितमा अहिले एउटा गतिलाे काम नगरेकाे टिप्पणी गर्नुभयाे । पार्टी एकता र निर्वाचनकाे  वामगठबन्धनकाे तालमेलले सिङ्गाे मुलुकलाइ तरङ्ग पैदा गरेकाे उहाँले बताउनुभयाे । 

उहाँले भन्नुभयाे – "अबकाे दिनमा देशमा भ्रष्टचारविरुद्धकाे संघर्षमा कम्युनिष्ट अग्रपन्तीमा रहेर अगाडी बढ्नेछन्,काननीकाे शासनकाे प्रत्याभुति गराउने छन् सबैलाइ समान न्याय दिनेछन् ।"


पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले विराेधी जतिपनी भ्रम फिजाएपनि कम्युनिष्टले मुलुकका निम्ती गरेकाे याेगदान कसैले भूल्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयाे  -: लाेकतन्त्र, गणतन्त्रका निम्ति जीवन बलिदान गरेकाे,राणा शासन, पञ्चायति शासन, राजाकाे शासनकाे विरुद्दमा लडेकाे कुरा सबैलाइ थाहा छ ।"


कार्यक्रममा एमाले केन्द्रिय सदस्य देवशंकर पाैडेल, माधव ढुङ्गेल,माअाेवादी स्थायी कमिटी सदस्य लिलामणी पाेख्रेल, वाम गठबन्धनका प्रतिनीधी सभाका तथा प्रदेश सभाका उम्मेद्वार श्याम कुमार श्रेष्ठ कुशल, शान्तीप्रसाद पाैडेल कैलाश ढुङ्गेलले कार्यकर्तालाइ पार्टीको सिद्दान्त र विपक्षीले फैलाएका भ्रम चिर्नका लागी अाफ्नाे क्षेत्रबाट लाग्न अाग्रह गर्नुभएकाे छ ।

 
यसैगरी रामेछापबाट समानुपातीक सूचीमा रहेका एमाले नेता अानन्द श्रेष्ठ माअाेवादी नेता मैनकुमार माेक्तान लक्ष्मी गुरुङ लगाएतले समेत मन्तव्य राखेका थिए । उनीहरुले वाम गठबन्धनलाइ बहुमत दिलाउन सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा काङ्ग्रेस लगाएतका अन्यपार्टी परित्याग गरि दर्जनाै कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

पूर्व प्रधानमन्त्री एवंम् एमाले वरिष्ठ नेता माधब कु नेपाल रामेछापकाे संयुक्त वाम गठबन्धनकाे चुनावी सभामा सम्बाेधनको भिडियो  हेर्नुहोस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक