2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापलाई ‘लाल किल्ला’ बनाउँछौ: वाम गठबन्धन (भिडियोसहित)

प्रज्वल पौडेल/कार्तिक २६, काठमाण्डौ । संयुक्त वामगठबन्धन रामेछाप सम्पर्क मञ्चले शनिबार काठमाण्डौमा चुनावी सभाको कार्यक्रमको आयोजना गरेको छ । 

रामेछापबाट काठमाण्डौ कर्मथलो बनाइ बसोबास गर्ने मतदातालाइ लक्षित गर्दै पुर्व प्रधानमन्त्री एवम् एमाले नेता माधव कुमार नेपालको प्रमुख आतिथ्तामा सभाको आयोजना गरेको हो ।

कार्यक्रमका वामगठबन्धनका नेताहरुले तीनलालको जिल्ला रामेछापलाइ दुइतिहाइ बहुमत सहित लालकिल्ला बनाउने घोषणा गरेका छन् ।  वामगठबन्धनको मोर्चाले हार्नु भनेको दक्षिण एसियाको कम्युनिष्ट मात्र नभइ संसारका कम्युनिष्ट आन्दोलनले हार्ने बताएका छन् । उनीहरुले गठबन्धनलाइ विश्वले अहिले नियालिरहेकले हार्दा सबैतिर नकरात्मक सन्देश जाने हुदाँ दुइतिहाइ मत ल्याएर विजयी हुनुपर्ने धारणा राखेका छन् ।

बाम गठबन्धन रामेछापबाट प्रतिनिधिसभाका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठले कम्युनिष्ट पार्टीको उर्भर भुमि रामेछाप भएको बताउनुभएको छ । उहाँले नेपाली समाजवादी आन्दोलन र क्रान्तिको नेतृत्व कम्युनिष्ट पार्टीले गर्नुपर्ने धारणा राख्नुभयो । देशको समृद्धि र स्थिरताको लागि बाम गठबन्धन भएको बताउदै आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने उहाँले धारणा राख्नुभयो ।

अहिले कांग्रेसका उम्मेदवार कान्छारामको प्रतिस्पर्धा टेन्डरमा हुने भएकाले राजनीतिमा नहुने बताउनुभयो। उहाँले भन्नुभयो – “ठेकेदारको प्रतिस्पर्धा ठेक्काको बोलकबोलमा हुने हो चुनावको समयमा बाम गठबन्धनसँग हुन सक्दैन, यसर्थ वामगठबन्धनको जीत सुनिश्चित छ ।”

थप भिडियो लिङ्कमा हेर्नुहोला

यसैविच गठबन्धनबाट रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार नेकपा एमालेका शान्ति पौडेलले बाम गठबन्धन बनेपछि जनतामा उत्साह थपिएकोले रामेछाप लालकिल्ला बन्ने बताउनुभयो । उहाँले वामगठबन्धनको रामेछाप र देशको साझा घोषणापत्र तथा प्रतिबद्धताहरु जनताको माझमा पुर्याउनु आवश्यकता रहेको बताउनुभयो ।

एमाले रामेछाप अध्यक्ष समेत रहेका पौडेलले काठमाण्डौका नेता तथा कार्यकर्ता चुनावको एक हप्ता अगाडि गाउँ पुगेर मतदातालाइ आफ्नो पक्षमा तान्न आग्रह गर्नुभयो । उहाँले आन्तरिक रुपमा केहि कमजोरी भएकाले समयमा नै सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । पौडेलले भन्नुभयो सुनापति गाउँपालीका लगाएत केहि वडामा समस्या सिर्जना भएकाले उक्त क्षेत्रमा माओवादी केन्द्रका केन्द्रिय नेता बोलाएर प्रशिक्षण पर्ने छ तयारी गर्नुहोस् ।

एमाले रामेछाप अध्यक्ष तथा साझा उम्मेदवार पौडेलको थप मन्तव्य भिडियो यस लिङ्कमा हेर्नुहोला 

 

सोही कार्यक्रममा बाम गठबन्धनकाबाट रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ का साझा उम्मेदवार कैलाश प्रसाद ढुङगेलले बाम गठबन्धन बनेपछि कांग्रेस अताल्लिएको बताउनुभयो । उहाँले वामगठबन्धनले दुइतिहाइ मत ल्याउने देखेर काङ्ग्रेसले अनेक भ्रम छर्दै हिडेको बताउनुभयो ।

यसैगरी एमालेको तर्फबाट प्रदेशसभाको समानुपातिक उम्मेदवार एवंम् एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले मुलुकको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक पक्षहरुलाइ नयाँबाटो रुपान्तरण गर्ने अभियानमा संलग्न भइरहेको बताउनुभयो । उहाँले समाजलाइ रुपान्तरण गर्ने अभियानमा सबै एकता भएर अगाडि बढ्दा सहज हुने बताउनुभयो । उहाँले दलाल, नोकरशाही, पुजीवाद विकासलाइ ध्वस्त गरेर राष्ट्रिय पुजीँको निर्माण गरी अगाडि बढ्दा मात्र वामगठबन्धन निष्कर्ष सहि हुने बताउनुभयो ।

थप भिडियो लिङ्कमा हेर्नुहोला  

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य देवशंकर पौडेल, माधव ढुंगेल, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणी पोख्रेल, रामेछापबाट समानुपातिक सूचीमा रहेका एमाले नेता चुडादेव सिंह घिसिङ लामा, माओवादी नेता मैनकुमार मोक्तान, लक्ष्मी गुरुङ लगायतले बाम गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिए ।

 ​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई