2026-09-19 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी १ ‘क’ नमुना प्रदेश सभा हुन्छः नेता खनाल

नवलपरासी संवाददाता | कार्तिक २६, परासी । नेपाली कांग्रेसका नेता एंव पुर्व सांसद बिक्रम खनालले नवलपरासी निर्वाचन क्षेत्र नं.१ को क लाई नमुना प्रदेश सभाको रुपमा बिकास गर्ने घोषणा गर्नु भएको छ । सोही प्रदेश सभाका उमेदवार समेत रह्नु भएका नेता खनालले सरावल गाउँपालिका वडा नं.५ को आयोजनामा आज भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमालेका सांसदका उमेदवारलाई भारी मतले पराजित गरि सांसद बन्नु भएका खनाल उक्त निर्वाचन क्षेत्रमा आफ्ना बिकासका कार्यक्रमले अत्यन्तै लोकप्रिय नेताको रुपमा परिचित हुनु भएको छ । बिस वर्षमा नभएका बिकास कार्यक्रमहरु आफुले ३ वर्ष ९ महिना गरेर जनता माझमा छर्लङ्ग गरेकाले जनताले कांग्रेसलाई जिताउन हतार रहेको उँहाले जिकिर गर्नुभयो । 

नवलपरासीको साविक निर्वाचन क्षेत्र नं.५ बाट बिजयी भएका खनालले बिकासका कार्यक्रम अन्तर्गत बर्षाैंदेखि जृण रहेका सडक सञ्जाललाई प्राथमिकता दिई अधिकांस सडकलाई पक्की र ग्रेभेलिङ्ग गराएको प्रति त्यस क्षेत्रका जनता अगामी निर्वाचन मार्फत बिकासलाई निरन्तरता पाउनमा आशाबादी समेत रहेको बताएका छन् । उँहाले यस प्रदेश सभाको हरेक सडक सञ्जाललाई पक्की गर्ने, शिक्षामा बिशेष जोड दिई लगानी गर्ने र थप बाह्य लगानीका लागि पहल गर्ने, किसानहरुलाई ब्यवसायीक बनाउने कार्यक्रम ल्याउने, युवा स्वरोजगारीका लागि सृजनात्तमक कार्यक्रम ल्याउने, ब्यवस्थीत बस्ती निर्माण गर्ने र यस क्षेत्रका बनजंग्ललाई संरक्षण गरि सौन्दर्यता बढाउने जस्ता कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराई नमुना बस्ती बनाउनेमा उँहाले जाड दिनुभयो । 

आफ्नो कार्यकालमा सडक सञ्जालसँगै किसानको सुबिधाका लागि कम समयमा नेता खनालले सिँचाईको ब्यवस्था, डिप ट्युबेल लगायतको सुबिधा गरेकाले किसान मतदाताहरु झनै हर्षित रहेको पाईएको छ । साथै नेता खनालले सो क्षेत्रका लागि धार्मिक क्षेत्रका प्रर्वधन र संरक्षणका लागि विभिन्न मन्दिर र मस्जिदमा धेरै योगदान पुर्याएको सो क्षेत्रका मतदाताहरुको भनाई छ । बर्दघाट सुस्ता पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिनुभएका पुर्व सांसद देवकरण जैसवाल सहित यस प्रदेश सभामा बिकासलाई निरन्तरता र नमुना प्रदेश सभा बनाउनका लागि जनताले अफुलाई जिताउनुको बिकल्प नरहेको बताउनु भयो । 

कार्यक्रममा पुर्व सांसद जैसवालले निर्वाचित प्रतिनिधिहरु जनताको नोकर भएकाले जनताको समस्या समाधान गर्न कांग्रेस अग्रसर रहेको बताउनु भएको थियो । उँहाले आफुले बिकास निर्माणका बिभिन्न कार्यसँगै किसानको हकहितका लागि उँखु बालीलाई राष्ट्रिय बालीमा सुचिकृत गराएको र उँखुसहित अन्य बालीको उचित मुल्यका लागि सदैव पहल गर्दै आएकाले आफु किसानहरुको नोकर र नेता दुबै भएकाले यस क्षेत्रका मतदाताले आफुलाई रोज्नेमा बिश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा कांग्रेसका नेताहरु अनिल गौंड, सुबाष गिरी, सुखाडी प्रसाद चौधरी, आलमगिर खान लगायतले यस क्षेत्रका विकासलाई फड्को मार्नलाई कांग्रेसलाई जिताउन अपरिहार्य रहेकोमा जोड दिनु भएको थियो । सो प्रदेश सभामा बर्दघाट नगरपालिका र सरावल गाउँपालिकाको वडा नं४ देखि ७ सम्मका वडाहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह