2026-07-03 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा चुनावी अभियान तीव्र

2017-11-13

कत्तिक २७, डडेल्धुरा । डडेल्धुरामा चुनावी अभियान तीव्र पारिएको छ । 

जिल्लामा नेपाली काँग्रेस, वाम गठबन्धन, राप्रपा, नयाँ शक्ति पार्टीलगायत दलले चुनावी अभियान तीव्र पारेका छन् ।  काँग्रेसले परशुराम नगरपालिकाबाट चुनावी अभियान थालनी गरी अजयमेरु गाउँपालिकाको चिपुर देवल, भागेश्वर गाउँपालिकाको रुपाल र वगरकोटमा सम्पन्न गरेको छ ।

 वाम गठबन्धनले अजयमेरु, नवदुर्गा, भागेश्वरमा भेला सम्पन्न गरेको छ । उनीहरुले घरदैलो कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा मत हाल्न अनुरोध गरिरहेका छन् । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ काँग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खगराज भट्ट आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आउनुभएको छ । 

प्रदेशसभा ‘क’ मा काँग्रेसबाट रघुवर भट्ट र (ख) मा कर्ण मल्ल उम्मेदवार हुनुहुन्छ । वाम गठबन्धनबाट प्रदेशसभा ‘क’ मा एमाले पठानसिंह बोहरा र ‘ख’ मा एमालेकै डा तारा जोशी उम्मेदवार रहनुभएको छ । 

“अबको लडाइँ गरिबी, बेरोजगारी, अशिक्षा र विकासका लागि नै हो,” प्रदेशसभा ‘क’ का काँग्रेस उम्मेदवार भट्टले भन्नुभयो । विसं २००७ देखि हालसम्म देशलाई सही दिशामा ल्याउने हरेक आन्दोलनको अगुवाइ काँग्रेसले गरेकाले आफ्नो पार्टीलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । 

जिल्लाको बेराजगारी र विकास निर्माणको कामलाई अगाडि बढाउने योजनासहित प्रचारप्रसार थालेको वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार डा जाशीले बताउनुभयो ।  

“जिल्लाको समृद्धि वाम गठबन्धनका उम्मेदवार जिताए मात्र सम्भव छ,” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण