2026-07-03 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरस्वती माविका शिक्षक नेपाली काँग्रेसको चुनाव प्रचारप्रसारमा

2017-11-14

पर्वत । पर्वतका शिक्षकले आफ्नो पेशागत मर्यादालाई पालना गर्न छाडेका छन् । आफ्नो पेशागत जिम्मेवारी भुलेर पार्टीको झोला बोकेर कार्यकर्ताको भुमिकामा देखिन थालेका ह््ुन् ।


मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव प्रचारप्रसारमा सरस्वती माविका अंग्रेजी विषयका शिक्षक अमृत लामिछाने (अजय) नेपाली काँग्रेसको झण्डा बोकी हिडेका हुन् ।


विद्यालयलाई विदाबारे जानकारी नै नगराइ उनी चुनावी अभियानमा हिडेको बुझिएको छ । मंगलबार गिज्यानमा उनले आफै नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रम अन्तरगतको गाउँसभामा कार्यक्रम संचालन गरेका थिए ।


विद्यालयका प्रधानाध्यपक चन्द्रप्रसाद पौडेलले विद्यालयलाई विदा बारे कुनै जानकारी नभएको र शिक्षक के कामका लागि विदामा बसेको भन्ने बारेमा आफूलाई थाहा नभएको बताए । उनले विहान फोन आएको रहेछ तर मैले फोन उठाउन भ्याइन् पछी फोन गर्दा उनको फोन उठेन उनले भने ।


नेपाली काँग्रेसको झोला बोकेर शिक्षक बनेका लामिछानेले विद्यालयका विद्यार्थीलाई के पढाउँछन् भन्ने बारे प्रश्न उठ्न थालेको छ । आफ्नो मर्यादा र निर्वाचन आचारसंहिता विपरितका गतिविधिमा देखिन थालेका शिक्षकको गतिविधिले उनी शिक्षक भन्दा बढी नेपाली काँग्रेसको कार्यकर्ता भएको देखिन्छ । उनी स्वयमले सामाजिक संजालमा आफ्नो फेसबुक मार्फत आफ्नो कर्तुतको पर्दाफाँस गरेका छन् ।
सामाजिक संजालमा नेपाली काँग्रेसको चुनाव प्रचारप्रसारमा सक्रिय भएका गतिविधिको शिक्षकले आफैले सार्वजानिक गरेका छन् तर यसबारे जिल्ला शिक्षा कार्यालयल, विद्यालय कसैलाई पत्तो छैन वा भएर पनि कारवाही हुन सकेको छैन् । उनी केहि महिना अगाडी मात्रै करार दरबन्दीमा नियुक्ति भएका शिक्षक हुन् ।


जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले शिक्षकले आचारसंहिता र आफ्नो पेशागत मर्यादालाई उल्लघन गरी पार्टीको गतिविधिमा सहभागी भएको भए कारवाही हुने बताए । उनले विद्यालय र शिक्षकलाई पत्रकाटी स्पष्टीकरण र आवश्यक कारवाहीको लागि अगाडि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण