2026-07-03 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुर १ मा बाम गठबन्धन बलियो ! कोइरालाको ह्याट्रिक नयाँ मतदाताको हातमा

कात्तिक २९, नवलपरासी | नवलपरासीको पूर्वी भाग नवलपुर १ मा कांग्रेस उम्मेदवार कांग्रेस महामन्त्री शशांक कोइराला ह्याट्रिक गर्ने दाउमा छन् । तर उनलाई त्यति सजिलो भने छैन । वाम गठबन्धनका तर्फबाट भ्रस्टाचार बिरुद्ध राष्ट्रिय अभियानका नेपालका अध्यक्ष तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भविश्वर पराजुली कडा चुनौती बनेका छन् । 


कांग्रेसका तर्फबाट महामन्त्री कोइराला लगातार तेश्रोपटक नवलपरासीको चुनावी मैदानमा छन् भने पराजुली पहिलो पटक मैदानमा छन् । दुई पटकसम्म निर्वाचनमा नवलपरासीबाट जितेपनि ठोस उपलब्धिमुलक काम नगरेको आम नागरिकहरुको कोइरालालाई आरोप छ, यस अर्थमा पनि कहिले नयाँ अनुहार हेर्न चाहन्छन् । अर्को अर्थमा एमाले-माओवादी केन्द्रको साझा उम्मेदवार भएकाले पनि दुई पार्टीको मत जोडिंदा पराजुलीको पल्ला भारी बन्ने डर कांग्रेसमा छ । 

कांग्रेस पक्षमा कोइराला हेभिवेट नेता हुन् । कोइरालालाई नवलपुरमा भविश्वरलाई भन्दा केही सहज भने छ । तर  हेभिवेट भएपनि नवलपरासीको विकासमा भने धेरैले उनीप्रति गुनाशो गरेका छन् । कोइरालाको नवलपुर १ मा खासै राम्रो प्रभाव पार्न नसकेको मतदाताहरुको गुनासो छ । आफ्नै मतदाताले कोइराला प्रति गुनाशो गर्दैगर्दा कोइराला ह्याट्रिक गर्ने तयारीमा कम्मर कसेर लागि परेका छन् । कोइराला प्रति गुनासो गर्नेहरुको मत नयाँ अनुहारतिर जाने निश्चित छ ।  त्यसमा पनि पहिलो निर्वाचन लडेको भएपनि बिपक्षीलाई आफ्नो पक्षमा पार्नको लागि पराजुली माहिर छन् ।  

स्थानीय तहको निर्वाचनलाई विश्लेषण गरौँ: 

२०४८ देखि नवलपुर १ कांग्रेसको गढ नै हो । संविधानसभाको पहिलो चुनाव २०६४ मा  र २०७० मा लगातार डा. शशांक कोइरालाले जितेका थिए । ६४ मा माओवादी दोश्रो र एमाले तेश्रो थियो भने ७० को निर्वाचनमा एमाले दोश्रो र माओवादी तेश्रो बनेको थियो । तर स्थानीय तहको निर्वाचनले बाम गठबन्धनको मतलाई एकीकृत गर्दा कांग्रेस केहि मतले कमजोर देखिन्छ । पछिलो निर्वाचनमा नेपाली कांग्रेस र प्रजातान्त्रिक गठबन्धनमा रहेको राप्रपाको मतलाई जोड्दा ३३ हजार ३ सय ४८ मत कांग्रेसको हातमा छ भने एमालेसहित वाम गठबन्धनका माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले पाएको मत ३३ हजार १ सय ३७ छ । तर स्थानीय तहको निर्वाचनमा राप्रपालाई एमालेले सहयोग गरेको कारण कांग्रेसको केहि मत कमजोर देखिन्छ । एमालेले गैँडाकोट नगरपालिकाको ३ वटा वडामा राप्रपालाई समर्थन गरेको थियो । राप्रपालाई एमालेले दिएको मत अब यो निर्वाचनमा बाम गठबन्धनमै जोडिदा बाम गठबन्धन लगभग ५०० मतको हाराहारीमा बलियो छ । 

यस अघि पनि एक्ला-एक्लै निर्वाचन लड्दा कांग्रेसले आफ्नो पक्षमा पकड राख्न निकै प्रयास गर्थ्यो । अहिले बाम गठबन्धन बन्दा उसलाई त्यतिखेरको जस्तो सजिलो छैन  । बराबरीलाई समेत उछिनेर बाम गठबन्धन बलियो देखिएको अवस्थामा कांग्रेसलाई यहाँ पक्कै पनि डर छ । अर्को अर्थमा भन्ने हो भने पहिलेको २ निर्वाचनमा कांग्रेसको गढनै मानिने नवलपुर १ मा कांग्रेसले जित्ने निश्चित भएरै २/४ सय भोट थपिने सम्भावना हुन्थ्यो तर अब त्यसो छैन किनकी गठबन्धन भएकाले कसको पक्षमा सम्भावना भन्न सक्ने अवस्था छैन । त्यसैले पनि नवलपुर १ मा प्रतिष्पर्धाको मत खस्न सक्ने देखिन्छ । स्थानीय तहको मतलाई मात्र आधार मानेर विश्लेषण गर्न सक्ने अवस्था छैन किनकी नवलपुर १ मा पछिल्लो समय १७ हजार नयाँ मतदाता थपिएका छन् । त्यसैले स्थानीय तहमा मत दिन पाउनेले नवलपुर १ मा दिएको मतले जस्तो अवस्था देखाए पनि कसको जित हुन्छ भन्नेमा भने नयाँ मतदाताको महत्वपूर्ण भूमिका रहन्छ । राजनीतिक रुपमा खासै कट्टर नभएका र पहिलो पटक निर्वाचनमा सहभागी हुने प्राय मतदाताले यस निर्वाचनमा धेरै विश्लेषण गरेर-सोचेर-बुझेर मतदान गर्ने हो भने अवस्था निकै प्रतिस्पर्धी हुने देखिन्छ । 

नवलपुरका होइनन् कोइराला ! 

बाम गठबन्धनलाई प्रचार गर्ने बलियो आधार हो कोइराला नवलपुरका होइनन, उनि पाहुना उम्मेदवार हुन् । बिराटनगरमा जन्मिएका कोइराला कांग्रेसको पकड भएकाले नवलपरासीबाट निर्वाचन लडेका हुन् र कांग्रेसकै पकड भएकाले जित्दै पनि आएका छन् । आफ्नै जिल्लाको नेतालाई आफ्नो ठाउँको मायाँ बढी हुन्छ भन्ने मतदातामा प्रभाव पर्न सक्छ । यस बिषयबारे यो पटक धेरै बहश पनि भएका छन् त्यसमा पनि कांग्रेस महामन्त्री शशांकलाई यसमा बढी आरोप लाग्नु स्वभाविक छ । किनभने हेभीवेट नेता भएर पनि नवलपुरमा विकास चासो नदिनुको कारण पाहुना उम्मेदवार हुनुलाई कारण मानिएको छ । आफु जन्मिएको जिल्ला नभई राजनीतिक स्वार्थको लागि मात्र नवलपुरमा उम्मेदवार बनेको भन्ने बिपक्षीको आरोप छ ।

शशांक आफ्नो सिट सुरक्षाको लागि मात्र नवलपुरबाट निर्वाचन लडेको भन्ने बिषयमा बिभिन्न मिडियाले लेखेका छन् । बिराटनगरबाट सुजाता कोइराला, शेखर कोइराला लगायतले निर्वाचन लड्नुपर्ने हुँदा शशांकले नवलपुर रोजेको विश्लेषण गरिन्छ । अहिले यही बिषयलाई बाम गठबन्धनले आफ्नो जितको भित्री आधार मानेको छ । बाम गठबन्धनका साझा उम्मेदवार पराजुली नवलपुर १ का स्थानीय उम्मेदवार भएकाले पनि उनलाई मतदाताले रोज्न सक्ने आधार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण