पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनको लागि पर्वत क्षेत्र नं १ मा कस्ले जित्ला भन्ने विषयले बजार तताएको छ ।  सामान्य चिया पसलदेखि पार्टीका सभा सम्मेलनमा बामगठबन्धनका उम्मेदवार वा नेपाली काँग्रेसका उम्मेदवार कस्ले जित्छन् भन्ने विषयमा अड्कल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनको लागि पर्वत क्षेत्र नं १ मा कस्ले जित्ला भन्ने विषयले बजार तताएको छ ।  सामान्य चिया पसलदेखि पार्टीका सभा सम्मेलनमा बामगठबन्धनका उम्मेदवार वा नेपाली काँग्रेसका उम्मेदवार कस्ले जित्छन् भन्ने विषयमा अड्कल"/>
2026-09-19 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत क्षेत्र नं १ मा नेता अधिकारी कि गुरुङ ?

पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनको लागि पर्वत क्षेत्र नं १ मा कस्ले जित्ला भन्ने विषयले बजार तताएको छ ।  सामान्य चिया पसलदेखि पार्टीका सभा सम्मेलनमा बामगठबन्धनका उम्मेदवार वा नेपाली काँग्रेसका उम्मेदवार कस्ले जित्छन् भन्ने विषयमा अड्कलबाजी हुदैछ । निर्वाचन आउन अब २२ दिन मात्रै बाँकी छ । राजनीतिक दलहरु चुनाव प्रचारप्रसार अभियान लिएर गाउँगाउँमा  पसेका छन् । प्रदेशसभाका लागि बामगठबन्धनको तर्फदेखि उम्मेदवार बनेका नेत्र अधिकारी हिमाल र लोकतान्त्रिक गठबन्धनको तर्फदेखि       नवराज गुरुङ मध्ये को बलियो भन्ने बहस तिब्र छ । दुवै अघिल्लो संविधानसभामा पराजित उम्मेदवार हुन् ।

अधिकारी नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य  हुन् भने गुरुङ नेपाली काँग्रेस पर्वतका पुर्व सभापति हुन् । यी दुवै जनाको प्रतिस्पर्धालाई रोचकता साथ हेरिएको छ । बाम गठबन्धनको तर्फ बाट प्रदेश सभाको लागि साझा उम्मेदवार बनेका नेत्र अधिकारी इमान्दार र असल नेता मानिन्छन् । सादा जीवन उच्च विचारका धनी मानिने अधिकारी हिमाल सधै नेपाल र नेपाली जनताको पक्षमा आफूलाई        पुरापुर निष्ठा र इमान्दारिताका साथ लगाइ रहने नेताको रुपमा परिचित छन् ।

अधिकारी नेपाल र नेपाली जनताको मुक्तिका खातिर आफ्नो प्राणलाई मुठिमा लिएर जनयुद्धमा होमिए नेता हुन् ।  २०७० सालको संबिधान सभाको निर्वाचनमा पराजित  भएका अधिकारीले ७ हजार मत प्राप्त गरेका थिए । बाम गठबन्धनको साझा उम्मेदवार बनेका अधिकारीलाई  एमाले पार्टीको नै भर हो । एमाले कार्यकार्ताले आफ्नै उम्मेदवार ठानेर खुल्ला दिल दिएर जिताउन हिडेमा हिजोको संसदीय निर्वाचनको मत परिणामले स्पष्ट देखाउँछ । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धन बनेपछि नेत्र अधिकारीलाई निर्वाचन जित्नको लागि भने सहज देखिएको छ ।  त्यस्तै काङग्रेस नेता  गुरुङ पनि जिल्लाको राजनीतिक वृत्तमा प्रशस्तै सम्भावना बोकेका नेताका रुपमा गनिन्छन् ।

जिल्ला सभापति हुँदा देखिनै जनता माझ घुलमील भएका गुरुङ प्रति धेरै कार्यकर्ताको मोह छ । जनता माझ लोप्रिय बनेता पनि २०७० सालको संबिधान सभाको निर्वाचनमा पर्वत क्षेत्र नं। २ बाट एमाले पुर्व अध्यक्ष विकास लम्साल सँग पराजित भएपछि उनको    राजनिती लाईनमा अबरोध आयो ।

पराजय व्यहोरेका गुरुङले ४ बर्ष राजनितीमा बिश्राम लिए जसका    कारण उनलाई जनताले भुलिसकेका छन् । उनी बाट कुनै आशा गर्न समेत छाडेका छन् । उनको र नेता अर्जुन प्रसाद जोशी बिच टकराब पर्ने गरेका कारण पनि जोशीले निर्वाचनमा उनलाई सहयोग गर्ने कुरामा आशंका गरिन्छ । एमाले कार्यकर्ताले अधिकारीलाई मतदान गर्ने हो भने यसपालीको निर्वाचनमा    अधिकारीको जित सुनुश्चित हुने            पक्का छ ।

क्षेत्र नं १ ९क०मा रहेका एक नगरपालिका र २ गाउँपालिका मध्ये  कुश्मा नगरपालिका र जलजला गाउँपालिकामा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने मोदी गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको थियो । प्रदेश सभाको निर्वाचनका लागि पर्बत क्षेत्र नम्बर १ मा ५८ हजार ८ सय २१ जना मतदाता         रहेका छन् । जसमा ३० हजार ४ सय महिला र २८ हजार ४ सय २९ पुरुष ्रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह