2026-07-24 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ: देउवा

मङ्सिर २, बाजुरा । नेपाली काँगे्रसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस बाजुराको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो– “लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ, त्यसैले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई जिताउनुपर्छ ।” 

सभापति देउवाले काँग्रेस लोकन्त्रको रक्षाको गर्ने पार्टी भएकाले अवको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसलाई जिताउन सबैमा आग्रह गर्दै आफू फेरि प्रधानमन्त्री भएपछि सुदूरपश्चिमको विकासका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

थुप्रै सम्भावना बोकेको बाजुराको विकास र समृद्धिका लागि काँग्रेस बाहेकको विकल्प नभएको उल्लेख गर्दै उहाँले मार्तडी थामलेख सडक कालोपत्रे गर्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले प्रत्येक बाजुरावासीलाई उज्यालो बाजुरामा सहभागी गराउने र स्वास्थ्यको पहुँचमा पु¥याउने बताउँदै काँग्रेस नेतृत्वको वर्तमान सरकारले बाजुराको सडक, शिक्षा, स्वास्थ्य र विद्युत्लाई बढी प्रथामकिता दिएको छ भन्नुभयो । 

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै भएको संज्ञा दिनुभयो । 

वाम गठबन्धनले कुनै पनि हालतमा बहुमत ल्याउन नसक्ने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा सेती लोकमार्ग र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा कर्णाली करिडोर र साँफे मार्तडी पक्की बनाउन पहल भएको बताउनुभयो । 

काँग्रेसका नेता अरुण प्रकाशसिंह राठोरले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन जनतम संग्रह भएकाले अव अधिनायक वादको अन्त्य गर्न बाजुरावासीलाई आग्रह गर्नुभयो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार कविराज पण्डितले बाजुराको विकासका लागि एक भएर लाग्ने बताउँदै अहिले वाम एकताले बाजुरामा कुनै प्रभाव नपारेको धारणा व्यक्त गर्नुभयो । 

बाजुरामा भोकमरीको समस्या भएको हुँदा काँग्रेसले भोकमरी र बेरोजगारी अन्त्य गर्नेमा पनि उहाँले जोड दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक