2026-07-03 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस जनातालाई त्रसाउने र हातखुट्ट भाँच्ने पार्टी होईन: प्रम देउवा

2017-11-18

ललित बोहरा/मंसिर २, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जनातालाई त्रसाउने, धम्काउने, र हातखुट्ट भाँच्न पार्टी नभएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस गन्यापधुरा गाउँपालीका ४ र ५ ले डडेल्धुरामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले २००७ सालमा राण शासनलाई हटाएर जनतालाई अधिकार दिएको पार्टी कांग्रेस मात्रै भएको बताएका छन् ।

‘देश अहिले तिब्र धुर्बीकरणको अबस्थामा छ ।’ देउवाले भने, हाम्रो पार्टी नेपाली कांग्रेस लोकतन्त्रबादी पार्टी हो । २००७ सालमा राण शासनलाई हटाएर जनतालाई अधिकार दिएको पार्टी कांग्रेस हो ।’ कांग्रेस जनातालाई कालिक बनउने पार्टी हो, भन्दै देउवाले जनातालाई त्रसाउने, धम्काउने, हातखुट्ट भाँच्ने पार्टी नभएको धारण राखे ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कम्युनिस्टको शासनमा बोल्ने, लेख्न केही पनि नपाइने बताएका छन् । कांग्रेस लोकतन्त्रको पक्षमा रहेको भन्दै देउवाले कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् ।

उनले डडेल्धुरामा अझंै केही विकासका काम गर्न बाँकी रहेका समेत बताएका छन् । ग्रामीण सडकहरुलाई पक्की बनाएरै छाड्ने आश्वासन दिएका छन् ।

गन्यापधुरा सुन्दर ठाउँ भएको भन्दै देउवाले धार्मिक पयर्टकीय क्षेत्रका रुपमा विकास गर्न धारण राखेका छन् । गन्यापधुरामा धेरै धार्मिक स्थलहरु भएको भन्दै देउवाले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरी विदेशी पर्यटक भित्र्याउन सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ