2026-07-24 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि सार्वजनिक मुद्दा

मंसिर ५, कैलाली । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारमा अवरोध गरेपछि उनीहरुलाई केही दिनअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जिल्ला इञ्चार्ज रामबहादुर चौधरीसहित पाँच जनालाई सार्वजनिक मुद्दा चलाएको जानकारी दिनुभयो । उहाँले निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्ने जुनसुकै समूहलाई समेत नियन्त्रणमा लिने बताउनुभयो । 

प्रहरीले कैलालीको टीकापुर क्षेत्रबाट मिनगिरी, तपेन्द्र रसाइली र कैलारी गाउँपालिकाको हसुलीया क्षेत्रबाट जिल्ला इञ्चार्ज रामबहादुर चौधरी र प्रकाश मल्ललाई पक्राउ गरेको थियो । त्यस्तै बझाङ जिल्ला कार्यसमितिका सदस्य देवराज कठायतलाई पनि पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको छ । रासस– 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक