2026-09-03 06:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा ३३ मतदान केन्द्र अति संबेदनशील, सुरक्षा ब्यवस्थामा कडाई

टेक शाही/मङ्सिर ५, डोल्पा  । डोल्पा जिल्लाका ३३ वटा मतदान केन्द्र अति सम्बेदनशिल क्षेत्रमा परेका छन । 

त्यसै गरि १८ वटा सम्बेदनशिल र १५ वटा सामान्य क्षेत्रमा परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । भौगोलिक र सुरक्षाको हिसावमा डोल्पाका ३३ वटा मतदान केन्द्र अति सम्बेदनशिल क्षेत्रमा परेको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले बताए । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको ५ दिन बाँकी रहदा डोल्पा जिल्लाको सुरक्षा ब्यवस्था कडाई गरिएको छ । निर्वाचन हुने दिन नजिकी रहेकोले मतदाताले सहज रुपमा मतदान गर्ने वातावरण बनाउनका लागि जिल्लाको सुरक्षा ब्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समितिले जानकारि दिएको छ । 

जिल्लाको सुरक्षा ब्यवस्थालाई विशेष ध्यान दिँदै विभिन्न समुहले गर्ने निर्वाचन विरोधि गतिविधिहरु प्रति पुर्व सतर्कता अपनाइ जिल्लाको सुरक्षा ब्यवस्था कडाई गरिएको प्रमूख जिल्ला अधिकारि केशवराज आचार्यले जानकारी दिए । शर्माका अनुसार जिल्लाका तीनवटा मुख्य नाकाहरु त्रिवेणी,चौरीकोट,होर्त खोलामा विशेष चेकजाँच सुरु गरिएको बताए ।

मासिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपुर्ण,निष्पक्ष र मतदाताले स्वतन्त्र पुर्वक मतदान गर्ने वातावरणको सिर्जनागर्न लागि जिल्ला सुरक्षा समितिले सुरक्षाका कुनै पनि कसुर नरहने गरि सुरक्षा परिचलन गरेको राष्ट्रिय अनुसन्धन अधिकृत सुमन कुमार भण्डारिले बताए । उनका अनुसार आसन्न निर्वाचनका लागि तिनवटै निकायका सुरक्षाकर्मीहरु पर्याप्त मात्रामा भएकाले परिचाल पनि विशेष तरिकाले गरिएको जानकारि दिए ।

विप्लपको प्रभाव क्षेत्र मानीएको तल्लो डोल्पा र काईके गाँउपालिकामा विशेष सुरक्षा ब्यवस्था परिचालन गरिएको समेत गरिएको जिल्ला सुरक्षा समितिले जानकारि दिएको छ । केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार जिल्लाका सबै मतदान केन्द्रमा ३ वटा घेरामा सुरक्षा ब्वबस्था गरिएको जिल्ला सुरक्षा समितिका सँयोजक प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिए  ।

देशका विभिन्न जिल्लाहरुमा निर्वाचन आचारसंहिता उल्लङघनका घटनाहरु सार्वजानीक भईरहँदा डोल्पामा भने एउटा पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिए । मँसिर १० गते ढुक्क भएर मतदान गर्न मतदातालाइ मुख्य निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही