निर्वतमान सांसद एवं पर्वत क्षत्र नं. २ प्रदेश सभाका उम्मेदवार विकास लम्सालको जन्म २०२६ जेष्ठ ३ गते खानीगाउँ गाविस –२ पर्वतमा भएको हो । बुबा यज्ञप्रसाद र आमा गोमादेवीबाट जन्मेका लम्सालका दुई छोराछोरी छन् । त्रिभुवन बिश्वबिद्यालयबाट ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... निर्वतमान सांसद एवं पर्वत क्षत्र नं. २ प्रदेश सभाका उम्मेदवार विकास लम्सालको जन्म २०२६ जेष्ठ ३ गते खानीगाउँ गाविस –२ पर्वतमा भएको हो । बुबा यज्ञप्रसाद र आमा गोमादेवीबाट जन्मेका लम्सालका दुई छोराछोरी छन् । त्रिभुवन बिश्वबिद्यालयबाट ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेका"/>
2026-07-03 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनावको मुखमा खोलियो सांसद विकास लम्सालको नालीबेली, यस्तो पो रहेछ रहस्य भिडियो सहित

2017-11-22

निर्वतमान सांसद एवं पर्वत क्षत्र नं. २ प्रदेश सभाका उम्मेदवार विकास लम्सालको जन्म २०२६ जेष्ठ ३ गते खानीगाउँ गाविस –२ पर्वतमा भएको हो । बुबा यज्ञप्रसाद र आमा गोमादेवीबाट जन्मेका लम्सालका दुई छोराछोरी छन् । त्रिभुवन बिश्वबिद्यालयबाट ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेका लम्साल २०३८ सालमा भवानी बिद्यापीठ मावि, खानीगाउँमा अनेरास्ववियुको सदस्य भएर राजनितीमा प्रवेश गर्नुभएको थियो ।

२०४१ सालमा भएको शैक्षिक शुल्क बृद्धिको बिरोधमा आन्दोलनको नेतृत्व गर्दा १७ दिन प्रहरी हिरासतमा रहेका लम्सालले २०४१ देखि ०४३ सम्म धौलागिरी अञ्चाधिश कार्यालयमा राजकाज सम्बन्धी मुद्दा खेप्नु भएको थियो ।

२०४४ सालमा पर्वत बहुमुखी क्याम्पस फलेवासमा अनेरास्वबियु प्रारम्भिक कमिटीको सदस्य भएका लम्साल २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युबा संघको जिल्ला कमिटी कोषाध्यक्षमा निर्वा्चित हुनुभयो ।

उहाँ २०४७ सालमा तत्कालिन नेकपा माले, खानीगाउँको सदस्यमा निर्वा्चित हुनुभएको थियो भनें ०४९ सालमा पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखराको स्वबियु सदस्यमा निर्वा्चित हुनुभयो । २०५३ सालमा सम्पन्न नेकपा एमालेको तेस्रो जिल्ला अधिबेशनबाट जिल्ला कमिटीको सदस्यमा निर्वा्चित भएका लम्साल ०५७ मा सम्पन्न चौथो अधिबेशनबाट जिल्ला सचिवालय सदस्य र २ नम्वर क्षेत्रको क्षेत्रिय समिति संयोजक हुनुभयो । २०६० सालमा सम्पन्न पाँचौ अधिबेशनबाट उहाँ उपसचिव पदमा निर्वा्चित हुनुभयो ।

२०६१ माघ १९ को शाही कु पछि ३ महिना हिरासतमा राखिएका लम्साल २०६३ मा छैटौ जिल्ला अधिवेशनबाट जिल्ला सचिव र २०६६ सालमा सम्पन्न सातौ अधिबेशनबाट अध्यक्ष पदमा निर्वा्चित हुनुभयो । उहाँ २०५४ सालमा सम्पन्न स्थानिय निकाय निर्वाचनमा खानीगाउँ गाविसको अध्यक्षमा निर्विरोध निर्वा्चित हुनुभएको थियो ।

सधै सामन्तवादको बिरुद्ध कडा रुपमा प्रस्तुत हुने विकास निर्माणमा तल्लिन रहने लम्साल २०७० सालको संबिधान सभाको निर्वाचनमा अत्याधिक मतका साथ बिजयी भएका थीए । आगामी निर्वाचनको लागी संघको टिकट दावा गरेका लम्सालले अन्नतःप्रदेश सभाको टिकट लिएपछी पर्वतवासी आश्चर्य चकित परे उनी प्रदेशसभामा निर्वाचान भएपछी प्रदेशको कुनै एक मन्त्रि पाउने गरी प्रदेश सभामा आएको धेरैको भनाइ छ । संबिधान बनाउनमा बिशेष भुमीका खेलेका लम्साले जिल्लाको बिकासमा समेत ठुलो सम्झन लायक काम गरेका छन् ।

निर्वा््िचत भएको करिब ४ बर्षको अवधिमा लम्सालले अत्यान्तै विकट क्षेत्र नं. २ मा सम्झन लायक काम गरे त्यसैले गर्दा यहाँका जनताहरुले नाम जस्तै काम भन्दै लम्साल लाई नै चाहाने गरेका छन् । १० बर्ष देखि अलपत्र परेको उत्तर दक्षीण जोड्ने कालीगण्डकी लोक मार्ग लाई पर्वत खण्डमा ल्याउन उनले ठुलो भुमीका खेले । कालीगण्डकी लोकमार्गको काम अहिँले पर्वत र स्याङजा खण्डमा भईरहेको छ । त्यस्तै शिक्षा क्षेत्रको विकासमा निकै आशालाग्दा कदमहरु चाले भने सडकको पहुँच नपुगेका साबिकका गाबिसहरुमा सडक पुराउने काम समेत गरे । १ ईन्च कालोपत्रे समेत नभएको क्षेत्र नं.२ मा उनकै कार्यकालमा सडक कालोपत्रे हुदै छ । उनकै पहलमा दोबील्ला हुदै फलेवास सम्मको सडकमा अहिँले कालोपत्रेको काम भईरहेको छ ।

खानेपानी नपुगेको ठाँउमा खानेपानीको व्यवस्था बिधुत नपुगेको ठाँउमा बिजुलीको व्यवस्था समेत उनकै कार्यकालमा भयो । क्षत्र नं. २ का साबिकका गाबिसहरुका जेष्ठनागरीक लाई सम्मान गर्ने र लोपउन्मुख पञ्चैबाजा संरक्षण गर्ने तथा नगर र गाउँपालिका भित्रका सबै अस्पतालमा एम्बुलेन्स पुराउने घोषणा गरेका सांसद लम्सालले आफुले गरेका सबै बाचाहरु आफ्नो कार्यकालमा पुरा गरेरै छाडे । युवा पुस्ता देखी बृद्धा सम्म लम्साल प्रति क्रेज छ । दमदार भाषण, माओवादीको आक्रमणमा घाइते र जनआन्दोलनको सक्रियताका कारण उनी जिल्लामा स्थापीत नेता बन्न सफल भएका हुन् ।

पर्वतमा विकासको मूल फुटाउन सकिन्छ भन्ने आभाष दिलाउन उनले ल्याएका कृषि क्षेत्रका विकासका योजनाहरु देखी पर्यटन विकासका योजनाहरु लोक प्रिय बन्ने बिश्लेषकहरु बताउछन् । लम्सालले बिहादीको बच्छेश्वरकोट,शितल गुफा,शालिग्राम,शिवपुरीधाम,चिसापानी लगाएतका ऐतिहासिक धार्मीक महत्व बोकेका पर्यटकीय स्थलमा पैदल माग निर्माण गर्नुका साथै ऐतिहासिक धार्मीक महत्व बोकेका मठ,मन्दिर,पार्टी पौवा लगाएतका स्थलहरुमा सम्झन लायक काम गरेको स्थनीएले बताउने गरेका छन् । सबै जनताको मन जितेका लम्साललाई निर्वाचन जित्न कुनै कठिन नरहेको पर्वतबासीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली