मङ्सिर ६, काठमाडौँ | आगामी निर्वाचनको लागि सेनालाई निर्वाचनको तेश्रो घेरामा राख्नेगरि तयारी सुरु भएको छ । सुरक्षा चुनौती बढ्दै गएको र निर्वाचनको दिन हुन सक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ६, काठमाडौँ | आगामी निर्वाचनको लागि सेनालाई निर्वाचनको तेश्रो घेरामा राख्नेगरि तयारी सुरु भएको छ । सुरक्षा चुनौती बढ्दै गएको र निर्वाचनको दिन हुन सक्"/>
2026-07-25 02:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा चुनौती बढ्दै गएपछि निर्वाचनको तेस्रो घेरामा सेना रहने, यस्तो छ तयारी

मङ्सिर ६, काठमाडौँ | आगामी निर्वाचनको लागि सेनालाई निर्वाचनको तेश्रो घेरामा राख्नेगरि तयारी सुरु भएको छ । सुरक्षा चुनौती बढ्दै गएको र निर्वाचनको दिन हुन सक्ने घटनालाई मध्ये नजर गर्दै निर्वाचनको तेस्रो घेरामा रहने सेनालाई सुरक्षा संयन्त्रको नेतृत्व दिने तयारी सुरु गरिएको हो । 

मङ्सिर १० र २१ गते हुन गईरहेको निर्वाचनमा हिंसात्मक घटना वृद्धि भएपछि सुरक्षा योजनामा केही फेरबदलसमेत गर्न लागिएको छ । नेपाली सेनालाई थप सक्रिय बनाउने तयारी भएको छ । अब फेरबदल हुने संयन्त्रमा संयुक्त गस्तीको सेनाले नेतृत्व गर्ने भएको छ ।

यस अघि स्थानीय तह निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना खटिएका थिए । तीनवटै सुरक्षा निकायबीच समन्वय रहे पनि गस्ती भने अलग–अलग नै थियो । निर्वाचन आयोगले समेत निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सेनाको नेतृत्वमा संयुक्त गस्ती परिचालन हुने जानकारी दिएको छ । सुरक्षा निकायबीच सूचना संकलन तथा आदानप्रदान, सहकार्य र समन्वय प्रभावकारी ढंगले गर्न आवश्यक रहेको निष्कर्ष समेत निकालिएको छ ।

सडक सुरक्षामा समेत विशेष ध्यान दिनुपर्ने निष्कर्षमा सुरक्षा निकायका अधिकारी पुगेका छन् । एम्बुस राखेर गराइएका हिंसात्मक घटना रोक्न र विस्फोटक सामग्रीको ओसारपसार नियन्त्रणका लागि राजमार्ग, नाका र सहायक बाटाहरूमा सुरक्षा व्यवस्था बढाइने जनाइएको छ । विशेष सुरक्षा योजना बनाउने तयारी समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक