2026-07-03 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार घरदैलोमा

2017-11-22

मंसिर ६, कञ्चनपुर । आर्थिक समृद्धिका एजेण्डा बोकेर कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का वाम गठबन्धन तथा लोकतान्त्रीक गठबन्धनका उम्मेदवार महाकाली नगरपालिकामा चुनावी प्रचारमा जुटेका छन् । 

महाकाली नदीमा पक्की पुल निर्माण र सुख्खा बन्दरगाहसँग जोडेर आर्थिक समृद्धि गर्ने चुनावी एजेण्डासहित उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन् । क्षेत्र नं ३ मा वाम गठबन्धनबाट एमालेका डा दीपक प्रकाश भट्ट र लोकतान्त्रीक गठबन्धनबाट काँग्रेसका रमेश लेखक प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । 

भट्टले महाकाली पुल र सुख्खा बन्दरगाहलाई एशियन हाइवेसित जोडेर दोधारा चाँदनीसहित ७ नं प्रदेशको आर्थिक विकास हुने एजेण्डा अघि सार्नुभएको छ । दुवै पूर्वाधार यस क्षेत्रको आर्थिक विकासका मेरुदण्ड भएको उहाँको भनाइ छ । 

“भारतको राजधानी नयाँ दिल्लीसँग भन्दा पनि व्यापारिक र आर्थिक केन्द्रसित जोडिनुपर्छ”, उहाँले भन्नुभयो । भारतको विशाखापट्टनम र कोलकाता बन्दरगाहसँग सुुख्खा बन्दरगाह जोडेर कारोबार गरिनुपर्नेमा भट्टले जोड दिनुभयो । 

यस्तै, काँग्रेस उम्मेदवार लेखकले पुल निर्माण र सुख्खा बन्दरगाह निर्माणलाई चुनावी एजेण्डा बनाउनुभएको छ । उहाँले सुख्खा बन्दरगाह निर्माण गरी देशकै सबैभन्दा ठूलो व्यापारिक नाका बनाउने चुनावी प्रतिबद्धता मतदातामामाझ गर्दैआउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केही महिनाअघि शिलान्यास गरेको महाकाली नदीको पुल निर्माण दुवै दलको साझा एजेण्डा बनेको छ । 

“महाकाली नदीमा पक्की पुल निर्माणका लागि सक्दो पहल गरेको हुँ,” उम्मेदवार लेखकले भन्नुभयो । उहाँले मझगाउँ विमानस्थल सञ्चालन, घाडीघाँच क्षेत्रमा खानेपानी, जोगबुडामा पुल, दोधारा चाँदनी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति, सडक कालोपत्र लगायतका एजेण्डा मतदातामाझ सार्नुभएको छ । 

क्षेत्र नं ३ मा ८२ हजार मतादाता छन् । महाकाली नगरपालिकामा मात्रै २२ हजार मतदाता छन् । दोधारा–चाँदनीका मत तान्न वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले प्रदेशसभामा महाकाली पारीकै व्यक्तिलाई उम्मेदवार बनाएका छन् । क्षेत्र नं ३ प्रदेश (ख)मा वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर सुनार र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका बेलबहादुर राना चुनावी मैदानमा हुनुहुन्छ । 

क्षेत्र नं ३ प्रदेश (क)मा एमालेका प्रकाश रावल र काँग्रेसका यज्ञराज जोशी उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं ३ मा भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र वेदकोट नगरपालिका–८ का ३० वडा पर्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली