२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको ३५ मतदानस्थल सम्वेदनशील, दलहरु मत बचाउने र खोस्ने अन्तिम कसरतमा

२०७४, ६ मंसिर बुधबार १३:२१

टेकेन्द्र बोहरा | बझाङ ६, मँसिर | मंसिर १० मा हुने आसन्न निर्वाचनमा बझाङका ३५ ओटा मतदानस्थललाई अतिसम्वेदनशील र ३५ ओटा मतदानस्थललाई सम्वेदनशीलको सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले मतदान केन्द्र र मतदानस्थलको भौगोलिक, सामाजिक लगायतका अवस्था हेरेर श्रेणी विभाजन गरेको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले जानकारी दिनुभयो । 

यस्तै ५५ ओटा मतदानस्थललाई सामान्य सुचीमा राखिएको जिल्ला जिल्ला प्रहरी कार्यालयका डिएसपी क्रृषिराम कडेलले जानकारी दिएको छ ।

आगामी निर्वाचनका लागि १६० ओटा मतदानस्थल तोकिएको जिल्ला निर्वाचन अधिकारी धुर्व कुमार भन्डारीले  जानकारी दिनुभएको छ ।

बझाङका दलहरु मत बचाउने र अरुको मत खोस्ने अन्तिम कसरतमा 

आसन्न प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुने बझाङका राजनितिक दलहरुको चुनावी अभियान अन्तिम कसरतमा छन । मौन अवधि सुरुहुन दुईदिन मात्रै बाँकी रहदा उम्मेदवारले मतदातालाई रिझाउन सबै प्रयास गर्न थालेका छन् ।


उम्मेदवारहरु मत माग्न गाउँ केन्द्रित भएका छन् । लोकतान्त्रिक र कम्युनिष्ट गठबन्धन आफ्नो मत बचाउने र अरुको मत खोस्ने रणनीतिमा जुटेका छन् ।

चुनाव आउन केही दिन मात्र बाँकी रहेकाले शहर तथा गाउँगाउँमा रहेर मतदातासँगको भेटघाट तीव्र पारेका हुन् । भने उता जिल्लास्थित निर्वाचन कार्यालयले पनि प्रत्येक बुथमा मतदान समाग्री र कर्मचारी पठाउन सुरु गरेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । 

बामगठबन्धनको कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न

निर्वाचन नजिकिदै गर्दा बामगठबन्धनले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बामगठबन्धनले क्षेत्र नम्बर १ अथवा (क) क्षेत्रका सम्पूर्ण अगुवा कार्यकर्तालाई चैनपुरमा बोलाई आज निर्वाचन सम्बन्धि प्रशिक्षण दिएको हो । 

नेकपा एमाले तथा माओवादी केन्द्रका अगुवा कार्यकर्ता भेला भएको उक्त प्रशिक्षण कार्यक्रममा आउँदै गरेको निर्वाचनमा कसरी बढिभन्दा बढी मत आफ्नो पक्षमा खसाली बामगठबन्धनका उम्मेदवारलाई विजयी बनाउने भन्ने बारे प्रशिक्षण दिएको बामगठबन्धनले जनाएको छ ।  

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष दिल बहादुर सिंह, नेकपा माओवादी केन्द्रका अध्यक्ष कलक खडका, पूर्व बनमन्त्री तथा नेकपा एमालेका नेता भानुभक्त जोशी, नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरोसदस्य देवराज रेग्मी, बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार भैरव सिंह, प्रदेश सभा (क) उम्मेदवार अर्जुन थापा,पूर्व सांसद मान प्रसाद खत्री, जनक बुढा, अफिलाल ओखेडा, नेकपा एमालेका नेता बिरेन्द्र भण्डारी र अनेरास्वियूका केन्द्रिय महासचिव ऐन बहादुर महर वाइसिल नेपालका केन्द्रिय उपाध्यक्ष रतन बहादुर सिंह लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

प्रशिक्षण कार्यक्रममा बझाङ जिल्लाको प्रतिनिधि सभाका बामगठबन्धनका उम्मेदवार भैरव बहादुर सिंह १४ हजार , क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुन थापा ७ हजार र  क्षेत्र नम्बर २ का उम्मेदवार देवकी मल्ल ७ हजार मतान्तरले विजयी हुने  पूर्व सांसद मानप्रसाद खत्रीले बताए ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो