2026-07-03 02:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा वाम गठबन्धनको कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न

2017-11-22

सम्राट सिंह/मङ्सिर ६, बझाङ । निर्वाचन नजिकिदै गर्दा बामगठबन्धनले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

बामगठबन्धनले क्षेत्र नम्बर १ अथवा (क) क्षेत्रका सम्पूर्ण अगुवा कार्यकर्तालाई चैनपुरमा बोलाई आज निर्वाचन सम्बन्धि प्रशिक्षण दिएको हो । 

नेकपा एमाले तथा माओवादी केन्द्रका अगुवा कार्यकर्ता भेला भएको उक्त प्रशिक्षण कार्यक्रममा आउँदै गरेको निर्वाचनमा कसरी बढिभन्दा बढी मत आफ्नो पक्षमा खसाली बामगठबन्धनका उम्मेदवारलाई विजयी बनाउने भन्ने बारे प्रशिक्षण दिएको बामगठबन्धनले जनाएको छ ।  

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष दिल बहादुर सिंह, नेकपा माओवादी केन्द्रका अध्यक्ष कलक खडका, पूर्व बनमन्त्री तथा नेकपा एमालेका नेता भानुभक्त जोशी, नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य देवराज रेग्मी, बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार भैरव सिंह, प्रदेश सभा (क) उम्मेदवार अर्जुन थापा,पूर्व सांसद मान प्रसाद खत्री, जनक बुढा, अफिलाल ओखेडा, नेकपा एमालेका नेता बिरेन्द्र भण्डारी र अनेरास्वियूका केन्द्रिय महासचिव ऐन बहादुर महर, वाइसिल नेपालका केन्द्रिय उपाध्यक्ष रतन बहादुर सिंह लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

प्रशिक्षण कार्यक्रममा बझाङ जिल्लाको प्रतिनिधि सभाका बामगठबन्धनका उम्मेदवार भैरव बहादुर सिंह १४ हजार, क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुन थापा ७ हजार र  क्षेत्र नम्बर २ का उम्मेदवार देवकी मल्ल ७ हजार मतान्तरले विजयी हुने पूर्व सांसद मानप्रसाद खत्रीले बताए ।    



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली