पर्वत /चुनाब प्रचारप्रसारका क्रममा गाँउँमा रहेका बामपन्थी गठबन्धनका साँझा उमेदवार र नेताहरुले आफुँलाई बिजय गराएमा पर्वत जिल्लाको बिकासले धेरै ठुलो फडेको मार्ने बताएका छन ।

आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको प्रचारप्रसारका क्रममा पर्वतको मोदी ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /चुनाब प्रचारप्रसारका क्रममा गाँउँमा रहेका बामपन्थी गठबन्धनका साँझा उमेदवार र नेताहरुले आफुँलाई बिजय गराएमा पर्वत जिल्लाको बिकासले धेरै ठुलो फडेको मार्ने बताएका छन ।

आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको प्रचारप्रसारका क्रममा पर्वतको मोदी ग"/>

2026-07-03 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

केन्द्र र प्रदेश सरकार बामपन्थीको बन्छ, कांग्रेसलाई साँसद जिताएर के पाउँछौ’

2017-11-23

पर्वत /चुनाब प्रचारप्रसारका क्रममा गाँउँमा रहेका बामपन्थी गठबन्धनका साँझा उमेदवार र नेताहरुले आफुँलाई बिजय गराएमा पर्वत जिल्लाको बिकासले धेरै ठुलो फडेको मार्ने बताएका छन ।

आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको प्रचारप्रसारका क्रममा पर्वतको मोदी गाउँपालिकाको गिज्यान गाउँमा पुगेका बामपन्थी गठबन्धनका उमेदवार र नेताहरुले आगामी केन्द्र र प्रदेश सरकार बामपन्थीको बन्ने भएकाले जिल्लाको बिकासमा ठुलो बजेट कार्यक्रम मार्फत बिकासले फड्को मार्ने धारणा राखेका हुन ।

‘ कांग्रेसका उमेदवारले चुनाब जिते साँसद मात्रै बन्छन’ उनीहरुले भने ‘केन्द्र र प्रदेश सरकार बामपन्थीको भएपछि कांग्रेसका साँसदले बिकासका नाममा सिन्को पनि भाँच्न सक्दैनन’ । बामपन्थी उमेदवारले चुनाब जितेका सडक, बिद्युत, खानेपानी, सिँचाई, रोजगारीका क्षेत्रमा पर्वतलाई नमुना जिल्ला बनाउने उनीहरुको भनाई छ । पर्वतको क्षेत्र नं १ मा २०५१ साल देखि नेपाली कांग्रेसले चुनाब जित्दै आएपनि पोखरा बागलुङ्ग राजमार्ग बाहेक एक किलोमिटर बाटो समेत पक्की बनाउन नसकेको र मोदीखोलामा एउटा पक्की पुल समेत साँसदको पहलमा बन्न नसकेको आरोप पनि उनीहरुले लगाए ।

गिज्यानको लामो चौतारामा भएको कोण तथा स्वर्गिय प्रकाश दाहालको शोकसभामा बोल्दै प्रदेश सभा क का उमेदवार तथा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारीले पर्वत जिल्लामा २३ बर्ष सम्म चुनाब जितेर पनि जनताका आँखामा छारो हाल्ने बाहेक नेपाली कांग्रेसका जनप्रतिनिधीले कुनै काम गर्न नसकेको आरोप लगाए । उनले पर्वतको समग्र बिकासका लागि आफुँलाई प्रदेशसभामा बिजयी बनाएर पठाउँन आग्रह गर्दै अधिकारीले प्रदेश सरकारले पर्वतलाई नमुना जिल्लाको रुपमा बिकास गर्ने प्रतिबद्धता जनाए । माओबादी केन्द्रका पोलिटब्युरो सदस्य गुप्तबहादुर हमालले पर्वतको मोदी गाउँपालिका क्षेत्रमा बिकास निर्माणको जिम्मा बामपन्थी उमेदवारको काँधमा छाड्न आग्रह गर्दै त्यस क्षेत्रलाई सम्बृद्ध बनाउन पनि बाम उमेदवार बिजयी हुन जरुरी भएको बताए ।

नेकपा –एमाले)का प्रदेश लेखा आयोगका प्रमुख प्रेमकुमार लामिछानेले बामपन्थी सरकारले मात्रै नेपालमा बिकास र परिर्वतनको काम गर्दै आएको चर्चा गर्दै नेपाली कांग्रेसले चुनाब जितेमा देश फेरी २० बर्ष पछि धकेलिने ठोकुवा गरे । नेकपा(एमाले)का पुर्ब जिल्ला उपसचिब उदय सुबेदीले पर्वतको क्षेत्र नं १ मा अहिले सम्म चुनाब जितेका जनप्रतिनिधीले सरकारी कार्यालय र जनताले गरेको काम समेत आफैले गरेको भनेर हल्ला चलाउने तर एक किलोमिटर पनि सडक कालोपत्रे गर्न नसकेको आरोप लगाए ।

‘खुल्ला दिसा मुक्त समेत आफैले गराएको भनेर प्रचार गर्दै हिडेका छन’ उनले भने ‘२३ बर्षमा पर्वतको दिर्घकालिन बिकास हुने एउटा काम भएको देखाउन सक्नुपर्छ, सरकारी कार्यालय र जनताले चन्दा संकलन गरेर भएका काम पनि सबै मैले नै गरेको हो भनेर भ्रम छर्ने काम भयो’ दुर्गम गाउँमा दुई चार लाखका टुक्रे योजनामा रकम बिनियोजन गरेर जनमतलाई आफ्नो प्रभाबमा पार्दै आएको आरोप उनको छ । एमाले पर्वतका नेता इश्वर गिरीले देश बनाउने पाटी भनेको एमाले भएकाले सबै जनताले एमाले र अहिलेको अहिलेको बामगठबन्धनका उमेदवारलाई जिताउन आग्रह गरे । राप्रपाका जिल्ला अध्यक्ष रहेका गिरी गतसाता एमालेमा प्रबेश गरेका थिए ।

संयुक्त निर्वाचन परिचालन समिति तिलहार ६ का संयोजक बाबुराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तुलसी गिरी र सञ्चालन एकबिर श्रेष्ठले गरेका थिए । संयुक्त गठबन्धनले तिलहारको दराक, ठाना लगायतका ठाउँमा पनि घरदैलो र कोणसभा सम्पन्न गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली