2026-07-03 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकमा अब आर्थिक क्रान्तिको खाँचो छ: नेपाल

2017-11-27

मङ्सिर ११, काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ । 

संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आज आयोजित चुनावी कार्यक्रममा उहाँले नेपालमा लामो समयदेखि भइरहेको राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र भएको बताउँदै अब यसलाई संस्थागत गर्ने र जनताको आर्थिक पहुँचलाई विकास गर्नुपर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री नेपालले देशमा भएका साधन र स्रोतलाई व्यवस्थित गर्ने र सही परिचालन गर्ने दृष्टिकोण वाम गठबन्धनसँग भएको बताउँदै आगामी निर्वाचनमा जनताले सोही गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा नेपाललाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका नेता नेपालले पूर्वाधार निर्माण तथा विकासका योजना कार्यान्वयनमा स्थानीय, प्रदेश र केन्द्रको समन्वय हुनुपर्ने औँल्याउँदै स्थानीय तहमा वाम गठबन्धनको अग्रता कायम रहेकाले अब प्रदेश र प्रतिनिधिसभामा पनि वाम गठबन्धनलाई जनताले जिताउने विश्वास व्यक्त गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र) का पोलटब्युरो सदस्य प्रकाश गौतमले देशलाई विकासोन्मुख राष्ट्रबाट विकसित मुलुकमा पु¥याउन आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै औद्योगिक क्रान्तिका माध्यमबाट देशलाई समृद्ध राष्ट्र निर्माण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन