2026-07-03 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आचारसंहिता उलङघन गर्ने कांग्रेसलाई निर्वाचन आयोगको छुट

2017-11-27

मंसिर ११, कञ्चनपुर । नेपाली काँग्रेसले कञ्चनपुरका सरकारी कार्यालयमा झण्डा गाड्दै आचार संहिताको नाङगो उलङघन गरेको छ । 

निर्वाचन क्षेत्र नम्बर ३ का एक सरकारी कार्यालय र सामुदायिक विद्यालयमा काँग्रेसले झण्डा गाड्दै निर्वाचन आचार संहिताको धज्जी उडाएको छ । भीमदत्त नगरपालिका ११ वडा कार्यालयमा काँग्रेसले आफ्नो झण्डा र चुनाव चिन्ह अंकित झण्डा गाडेको छ । 

भीमदत्त नपा ११का वडा अध्यक्ष प्रेम जैसीले झण्डा गाडेको विषयमा अनविज्ञता प्रकट गरेका थिए । भने भीमदत्त नगरपालिका १३ बडैपुर स्थित सिद्धनाथ माध्यामिक विद्यालयमा झण्डा गाड्दै आचार संहिता उलङघन गरेको छ । 

विद्यालयको कार्यालय कक्षको छतबाट नजिकै विद्युत पोलमा झण्डा गाडेपछि विपक्ष दलले विरोध समेत गरेको छ । विद्यालयका अध्यक्ष खडक सिह ऐडी र अध्यक्ष भगवती थापा काँग्रेस निकट भएकाले काँग्रेसलाई विद्यालयमा झण्डा लगाउन छुट दिएको वामका नेताहरुको दावि छ । विद्यालयमै झण्डा गाडेपछि विद्यार्थीले समेत बिरोध गरेका छन् । 


सरकारको नेतृत्व सम्हालेको काँग्रेसलाई निर्वाचन आयोगले समेत कञ्चनपुरमा आचार संहिता उलङघन गर्न छुट दिएको वामका नेताहरुको आरोप छ । कञ्चनपुरका विभिन्न स्थानमा विद्युतका पोलमा काँग्रेस, एमाले, माओवादी केन्द्र, लगायतका पार्टी र उम्मेदवारले झण्डा गाडेका छन् । विद्युतका पोलमा झण्डा गाड्दा कहिकतै दुर्घटना निम्तन सक्ने भन्दै सरोकारवाला निकायले चिन्ता समेत प्रकट गरेका छन् । 

विद्युतका पोलमा झण्डा गाड्ने होडबाजीले कही गरिबका छोराछोरी सोझा कार्यकर्ता करेन्टका शिकार बन्न सक्ने चिन्ता प्रकट गर्दै यहाँका बुद्धिजिवीले झण्डा गाड्ने विषयमा विद्युतका पोलमा होसियारी अपनाउन समेत आग्रह गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन