2026-07-03 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेसको किल्ला ढाल्ने दाउमा वामगठबन्धन: कांग्रेसको यस्तो छ प्रतिक्रिया

2017-11-27

मङ्सिर ११, पर्वत । आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा काँग्रेसको किल्ला मानिएको पर्वत जिल्लालाई बामगठबन्धनले पत्तासाफ बनाउन सक्ने खतरा देखिएको छ । 

देशमा प्रजातन्त्र आएदेखि संघीयगणतन्त्र आउँदासम्म नेपाली काँग्रेसको बर्चश्व रहेको पर्वतमा यसपाली भने बामगठबन्धनले पत्ता साफ नै गरी अगाडि बढ्ने देखिएको छ ।

स्थानीय निर्वाचनलाई आधार मान्दा 

स्थानीय तहको निर्वाचनलाई नियालेर हेर्ने हो भने पर्वतमा रहेका दुइ नगरपालिका र ५ गाउँपालिकामा नेपाली काँग्रेसले तीन स्थानमा  जित हात पारेको छ भने नेकपा एमालेले बाँकी स्थानीय तहमा आफ्नो कब्जा जमाएको छ । स्थानीय तहमा एमाले पराजय भएको कुश्मा नगरपालिका, पैयूँ गाउँपालिका र जलजला गाउँपालिकामा एमाले र माओवादीको मत जोड्दा काँग्रेसले प्राप्त गरेको मत भन्दा कम छैन ।

स्थानीय तहको निर्वाचनमा पर्वतमा नेपाली काङ्ग्रेसले २९ हजार १२ मत, नेकपा एमालेले २९ हजार ३ सय ९० र माओवादी केन्द्रले ५ हजार ८ सय ९४ मत पाएका थिए । अन्य दलले भने ५ सय मत कटाएका छैनन् । यस अधारमा पर्वतमा वाम दलको कूल मत ३५ हजार २ सय ८४ छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ६ हजार २ सय ७२ मत बढी हो । आगामी निर्वाचनका लागि पर्वतमा १ लाख ७ हजार २ सय ९८ मतदाता रहेका छन् । 

 नेतामा डर र दृढता

(काँग्रेसको किल्ला मानिएको पर्वतलाई निर्वाचनले कतै बामगठवन्धन किल्लामा परिणत गर्न सक्छ कि भन्ने स्वयम काँग्रेसी नेताहरुमा डर देखिएको छ ।  काँग्रेसका केहि नेताहरु भने हिङ नभएपनि हिङ बाँधेको टालो भएकोले बामगठबन्धन भएपनि केहि असर नपर्ने बताउँछन् । मिति नजिकिदै गर्दा बामगठबन्धनका भातृ जनवर्गीय संघ संगठनहरु समेत सक्रिय भएर लाग्न थालेका छन् ।

नेपाली काँग्रेसले स्थानीय तहमा प्राप्त गरेको मत बामगठबन्धनको भन्दा ६ हजारले कमी छ । जसका आधारमा पनि पर्वतमा बामगठबन्धन नेपाली काँग्रेसभन्दा शक्तिशाली देखिएको छ । नेपाली काँग्रेसमा समेत बामगठबन्धनले यसपाली ठूलै चुनौती थपिदिएको छ ।  काँग्रेसलाई यसपाली चुनाव जित्न भने पहिलेको जस्तो सहज भने पक्कै छैन ।

वाममय माहोल

जसले गर्दा अहिलेको पर्वतको माहोल वममय बन्दै गएको बामपन्थी नेताहरु बताउँछन् । बामगठबन्धनले हामी बामपन्थीहरुलाई उत्साह मिलेको छ एक नेताले भने यस पटकको निर्वाचनको परिणाम सोचे भन्दा पृथक हुन सक्छ ।  बाम गठबन्धनको महोल र चुनावी प्रचारप्रसार तिब्र पारेको छ । गाउँगाउँमा चुनावी प्रचारको लागि वाइसिएल र युवा संघलाई शक्तिका रुपमा प्रयोग गर्ने भएको छ । यता नेपाली काँग्रेसले पनि नेविसंंघ, दलित संघ लगायतका भादृ संगठन परिचालन गर्ने भएको छ । तर जिल्लामा यो पटक भने बामगठबन्धनतर्फको माहोल बढीनै देखिएको स्वयम नेपाली काँग्रेसका कार्यकर्ताहरु बताउँछन् ।

जोशीलाई गिरीको चुनौती 

तीन पटकसम्म पर्वतमा लगातार विजयी भएका नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीलाई बामगठबन्धनका उम्मेदवार पदम गिरीले चुनौती थपेका छन् । दुइ वटा क्षेत्र हुदाँ क्षेत्र नं १ बा विजयी भएका जोशीलाई अब एकै क्षेत्र हुदाँ भने निर्वाचन जित्न थप चुनौती थपिएको बेलामा गिरी अर्को चुनौतीका रुपमा देखा परेका छन् । 

विद्यार्थी राजनीतिबाट नेकपा एमालेको अध्यक्ष हुदै प्रतिनिधिसभाको उम्मेदवार बन्न पुगेका पदम गिरी जोशीको लागि सजिलो र सहजै हराउने प्रतिस्पर्दी भने पक्कै होइनन् । त्यसमा बामगठबन्धनको शक्तिले गिरीलाई शक्तिशाली बनाएको छ भने जोशीलाई आफ्नै पार्टीभित्रको आन्तरीक द्वन्द्वले थप चुनौती थपेको छ । 

पार्टीकै शीर्ष तथा पूर्व सांसद समेत जोशीको विपक्षमा देखिएका छन् जसले गिरीलाई निर्वाचन जित्नको लागि थप मसला प्रदान गरेको देखिन्छ ।

को को उम्मेदवार ?

प्रदेश १ को क बाट माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज नेत्र अधिकारी, प्रदेश २ को ख बाट एमालेका निर्वतमान् सांसद विकास लम्साल उम्मेदवार रहेका छन् भने प्रतिनिधिसभा तर्फ एमाले जिल्ला अध्यक्ष पदम गिरी रहेका छन् ।  

यता नेपाली काँग्रेसमा प्रदेश १ (क) तर्फ पूर्व पाटीप् सभापति नवराज गुरुङ, प्रदेश २(ख) तर्फ राजेन्द्र तिवारी र प्रतिनिधिसभा तर्फ निर्वतमान् सांसद अर्जुनप्रसाद जोशी उठेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन