2026-07-03 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धोती छाडेर ढाका टोपीमा नेता त्रिपाठी

नवलपरासी संवाददाता | मंसिर १२, परासी । राजपाबाट असन्तुष्ट भई स्वतन्त्र राजनीतिक समुह गठन गरी एमालेसँग गठजोड गरेका नेता हृदयेस त्रिपाठीलाई अहिले घरदैलो गर्न भ्याई नभ्याई छ । कोर मधेसमा उनी आफ्नो सदाबाहार पहिरन कुर्ता, पैजामा, कोट र रुमालमा प्रस्तुत भईरहेका छन् भने पहाडी समुदायको घरदैलोमा जाँदा अन्य पहिरनसँगै ढाका टोपी थपी रहेका छन् । सँगै समुदाय अनुसार आफ्ना चुनावी एजेण्डाहरु पनि समुदाय सान्दार्भिक पस्की रहेका छन्………..

देशका केही रोचक निर्वाचन क्षेत्र मध्ये प्रदेश नं.५ को नवलपरासी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१ पनि अत्यन्तै प्रतिक्षाले देखिएको छ । राजपाका अध्यक्ष मण्डलका पुर्व सदस्य एंव पुर्व मन्त्री नेता त्रिपाठी र कांग्रेसका पुर्व सांसद देवकरण कलवार (सन्तु) को मुख्य भिडन्त रहेको यस क्षेत्रमा दुबै यो निर्वाचन जसरी पनि जित्ने भन्दै दाउमा छन् ।

नेपालका केही राजनीतिक खेलाडीहरु मध्ये नेता त्रिपाठीलाई पनि चिन्ने गरिएको छ । मधेसको एक प्रभावशाली नेताको रुपमा आफुलाई प्रस्तुत गर्ने नेता त्रिपाठी यस निर्वाचनमा बाम गठबन्धनबाट उमेदवारी दिएका कारण उक्त क्षेत्रको चुनावी माहोल झन रोचक र प्रतिस्पर्धी दुबै बनेको छ । राजपाबाट चुनाव जित्न फलामको चिउरा चपाए जस्तै भएपछि नेता त्रिपाठी बाम गठबन्धनको शरणमा पुगेका हुन् । मधेसको हक अधिकारको लागि जोडदार रुपमा प्रस्तुत हुने नेता त्रिपाठी यसभन्दा पहिला नेकपा एमाले र नेपाली कांग्रेस प्रति अत्यन्तै आक्रमक रुपमा प्रस्तुत हुदै आएका थिए । तर अहिले उनी बामपन्थी प्रति पूर्ण रुपले लचक भई नेपाली कांग्रसप्रति आक्रमक बनेका छन् । २०६४ सम्म उनले जित्दै आएको निर्वांचन क्षेत्र कोर मधेस क्षेत्र थियो । तर अहिले बर्दघाट नगरपालिका उनको निर्वाचन क्षेत्रमा समाबेश भएको छ । अहिलेको उनको निर्वाचन क्षेत्र नं १ मा बर्दघाट नगरपालिका, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाको ४, ५, ६, ७ नंम्बर. वडाहरु पनि जोडिएका छन् । हाईवे देखि सिमासम्म बनेको नयाँ निर्वाचन क्षेत्रमा करीब ६० प्रतिशत पहाडी समुदायको बस्ती छ । कोर मधेस क्षेत्रमा आफु स्वतन्त्र राजनीतिक समुहका उमेदवार भएको बताउने नेता त्रिपाठी पहाडी समुदायमा बाम गठबन्धनको उमेदवार भएको बताउदै आएका छन् ।

नेता त्रिपाठीले २०५१ सालमा ३ हजार ५ सय ६८ मतले बिजयी भएका थिए भने २०५६ मा ७ सय ८४, २०६४ मा जम्मा  १ सय ७३ मतले बिजयी र २०७० को निर्वाचनमा ६ हजार १ सय ५६ मतले पराजित भए । उनलाई कांग्रेसका नेता देवकरण कलवारले पराजित गरेका हुन् । फेरी उनका प्रतिद्धन्द्धी नेता कलवारनै बनेका छन् । सो क्षेत्रमा कांग्रेसको पकड रहेको छ भने नेता त्रिपाठीको पनि ब्यक्तिगत मत धेरै रहेकाले रोचक प्रतिस्पर्धा हुने देखिएको छ । तर आम मतदाताले भने जो सुकै जितेपनि यस क्षेत्रको बिकास हुनुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन