पर्वत,– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा सहभागिता जनाउने भनेर अन्तिम समयमा नाम काटिएका पर्वतका अर्जुन जोशी चौथो पटक चुनावी मैदानमा छन् ।

देउवा नेतृत्वको सरकारमा सहभागि गराउने भनिएपनि अन्तिममा उनको ठा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत,– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा सहभागिता जनाउने भनेर अन्तिम समयमा नाम काटिएका पर्वतका अर्जुन जोशी चौथो पटक चुनावी मैदानमा छन् ।

देउवा नेतृत्वको सरकारमा सहभागि गराउने भनिएपनि अन्तिममा उनको ठा"/>

2026-09-19 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुन जोशीको दाबी– पर्वतवासीको मन–मनमा छु [भिडियोसहित]

पर्वत,– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा सहभागिता जनाउने भनेर अन्तिम समयमा नाम काटिएका पर्वतका अर्जुन जोशी चौथो पटक चुनावी मैदानमा छन् ।

देउवा नेतृत्वको सरकारमा सहभागि गराउने भनिएपनि अन्तिममा उनको ठाउँमा धनुषाका समानुपातिक सांसद महेन्द्र दायव मन्त्री बने ।
सपथका लागि भनेर नयाँ कोट किनेपनि जोशी अन्तिममा खिन्न भए । २०५६ सालदेखि लगातार चुनाव जित्दै आएका जोशी चौथो पटक चुनावी प्रतिष्पर्धामा छन् ।

यसअघि पर्वतमा रहेका २ निर्वाचन क्षेत्रमध्ये जोशी १ बाट निर्वाचित हुँदै आएका थिए । गत संविधानसभा चुनावमा पर्वत २ मा एमालेका विकाश लम्साल विजयी भएका थिए ।

स्थानीय तहको निर्वाचनको मतसंख्याका हिसावले पर्वतमा वामपन्थी गठबन्धनको बाहुल्यता देखिन्छ । तर जोशी भने वामपन्थीको मत धेरै भएको हिसाव अमूर्त रहेको दावी गर्छन् ।
‘ढुङ्गा–मुडा या भेडा–बाख्राको पो गणना हुन सक्ला, मतदाताको हुँदैन’ जोशीले लोकान्तरसंग भने, ‘मतदाताको मनको गणना गर्न सकिदैन, पर्वत वासीको मन मनमा अर्जुन जोशी छ ।’

जोशीले पर्वतमा आफूले विकास निर्माणका थुप्रै काम गरेको बताए ।
पर्वतमा वामपन्थी गठबन्धनको तर्फबाट पद्म गिरी उम्मेदवार छन् । प्रदेश सभातर्फ निवर्तमान सांसद विकास लम्साल उम्मेदवार छन् ।
‘जनताको मनमा बस्न सकेँ । जनताको सेवा गर्ने ढंग पुग्यो, तर नेताको सेवा गर्न नसक्दा मन्त्री पद गुम्यो’ जोशी भन्छन, ‘मैले मन्त्री पाउनु पथ्र्यो भन्ने कुरामा मलाई मत नहाल्ने मतदाताको पनि माग थियो ।’

मतदाता के भन्छन् ?
पाङ–इन्द्रका प्रेम विक केही बर्ष विदेशमा भौतारिएर अहिले कुस्मामा फर्केर आधुनिक आरन चलाइरहेका छन् । राजनीतिक दल र नेताका आश्वासनप्रति उनलाई विश्वास छैन । ‘स्वदेशमै केही गरौ भनेर फर्केर आएको, तर हामीलाई उद्यम गर्नको लागि कुनै सुविधा छैन’ विकले भने, ‘जसले चुनाव जिते पनि विकास गर्छन भन्ने विश्वास छैन ।’
६५ बर्षीय पदमदत्त रेग्मीले ठट्यौली भाषामा भने, ‘अब नयाँ भैसी किन्ने विचार छ ।’ अन्य भेगका मतदाता जस्तै पर्वतका मतदातापनि राजनीतिक दलका क्रियाकलापप्रति आक्रोशित छन् ।
वामपन्थी गठबन्धनका उम्मेदवारहरु आफूहरुले लिएको सही नीतिका कारण पर्वतमा चुनाव जित्नेमा ढुक्क रहेको बताउछन् ।
मंसिर २१ गते हुने चुनावका लागि राजनीतिक दलहरुले प्रचार प्रसारको कामलाई तीब्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह