2026-07-03 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी २ मा ३ पूर्वराज्यमन्त्रीको चुनावी भिडन्त, कसले मार्ला बाजी ?

2017-11-29

मंसिर १३, नवलपरासी । नवलपरासी पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिउका छन््। तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् ।

दोश्रो चरणअन्तर्गत मंसिर २१ गते हुने यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट स्वतन्त्र राजनीतिक समूहका अगुवा एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता देवकरणप्रसाद कलवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

सो क्षेत्रबाट विसं २०७० भन्दा अगावै भएका निर्वाचनमा त्रिपाठी र २०७० सालको निर्वाचनमा कलवार विजयी भएका थिए । विगतका निर्वाचनमा पनि यो क्षेत्रमा त्रिपाठी र कलवारबीच नै द्विपक्षीय प्रतिस्पर्धा हुने गरेको थियो । यस पटकको निर्वाचनमा पनि त्रिपाठी र कलवारबीच नै मुख्य प्रतिस्पर्धीका रुपमा देखिएको छ । सो निर्वाचन क्षेत्रमा एक लाख दुई लाख ३७६ मतदाता छन् ।

यसैगरी निर्वाचन क्षेत्र नं २ मा तीन पूर्वराज्यमन्त्री चुनावी प्रतिस्र्धामा हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट पूर्वगृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, वाम गठबन्धनबाट पूर्वस्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव र पूर्वशिक्षा राज्यमन्त्री एवम् राजपाका नेता गोविन्द चौधरी चुनावी प्रतिस्पर्धीमा छन्।

सो क्षेत्रमा कँडेल र यादवबीच नै कडा प्रतिस्पर्धा रहेको देखिन्छ । कँडेलले ०५१ र ०५६ सालको निर्वाचनमा यस क्षेत्रबाट विजयी हुनुभएको थियो भने रुपन्देही घर भए पनि यादव सोही क्षेत्रमा राजनीतिमा सक्रिय हुनुहुन्छ । चौधरी पनि यस क्षेत्रमा राजनीतिमा क्रियाशील भएका उम्मेदवार हुन् ।

यस क्षेत्रमा कुल एक लाख पाँच हजार ८६९ मतदाता छन् । यतिखेर उम्मेदवारहरु मतदातालाई रिझाउन विभिन्न भेला, सभा, सम्मेलन, घरदैलो लगायतका चुनावी प्रचार प्रसार कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाएका छन् । नवलपरासी पश्चिम क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका लागि चार निर्वाचन क्षेत्र छन् । दुबै निर्वाचन क्षेत्र गरी कुल दुई लाख आठ हजार २३७ मतदाता छन् ।

निर्वाचन क्षेत्र नं १ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता विक्रम खनाल र वाम गठबन्धतबाट नेकपा एमालेका नेता दीपेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धीका रुपमा छन् । खनाल २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो भने अधिकारी सो निर्वाचनमा उहाँको निकटतम प्रतिद्वन्दीको रुपमा थिए ।

यसैगरी प्रदेशसभा सदस्य ‘ख’ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका नेता मुकुल आचार्य र वाम गठबन्धनबाट स्वतन्त्र राजनीतिक समूहका नेता अजय शाहीबीच मुख्य प्रतिस्पर्धी रहेका छन् ।

निर्वाचन क्षेत्र नं २, प्रदेशसभा सदस्य ‘क’ मा वाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रीय सदस्य वैजनाथ चौधरी र लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता गुणनिधि तिवारीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । चौधरी ०७० सालमा सोही क्षेत्रबाट विजयी भएका थिए भने तिवारी पार्टीका पूर्वक्षेत्रीय सभापति एवम् वर्तमान उद्योग वाणिज्य महासंघ ५ नं प्रदेशका संयोजकसमेत छन् । अघिल्लो निर्वाचनमा चौधरी र तिवारी सोही क्षेत्रमा प्रतिस्पर्धीका रुपमा थिए ।

निर्वाचन क्षेत्र नं २, प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता वैजनाथ जयसवाल र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कनौया राजभर मुख्य प्रतिस्पर्धीका रुपमा छन् । जयसवाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र राजभर पनि व्यापारी नै हुन ।

नवलपरासीमा पश्चिम जिल्लामा कुल १२० मतदानस्थल र २५७ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये दुई मतदानस्थल अति संवेदनशील र २६ मतदानस्थल संवेदनशीलरुपमा रहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । पुरुषोत्तम सुवेदी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो