2026-09-03 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेसद्वारा चारवटा स्थानीय तहमा पुनः निर्वाचनको माग

टेक शाही/मङ्सिर १३, डोल्पा । डोल्पा काङ्ग्रेसले १० मंसिरमा सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पुनःगर्नुपर्ने माग राख्दै प्रत्रकार सम्मेलन गरेको छ ।

डोल्पा काङ्ग्रेसद्धारा बुधबार सदरमुकाम दुनैमा आयोजित पत्रकार सम्मलेनमा माथिल्लो डोल्पाका चारवटा स्थानीय तहको निर्वाचन पुनःगराउनु पर्ने माग राखेको हो ।

माथिल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ गाँउपालिका,डोल्पो बुद्ध गाँउपालिका,शे फोक्सुन्डो गाउँपालिका,तल्लो डोल्पाको काईके गाँउपालिका,त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत प्रकाश निमावी मतदान केन्द्र रङ्ग,सोही नगरपालिकाकै मुकुटेश्वर मतदातन केन्द्र फुल्चिङमा र ठुलीभेरी नगरपालिकाको तिप्लामा पुनः मतदान गर्नुपर्ने माग राखेको हो ।

विगतमा सम्मपन्न भएका निर्वाचन जस्तै यस पटक पनि उक्त स्थानीय तह र मतदान केन्द्रमा मतदान निश्पक्ष र धाँदलि रहित नभएको पत्रकार सम्मेलनमा जानकारी गारइएको छ । 

पत्रकार सम्मेलनमा भनिएको छ यस पटकको निर्वाचनमा बामगठबन्धनका प्रतिनिधिले मतदाताको ईच्छा विपरित जवरजस्ती आफ्नो पक्षमा मत हालेको आरोप छ । गठबन्धनका कार्यकर्ताले बुध कब्जा गरेको,विपक्ष पार्टीका कार्यकर्तालाई डर धाक र धम्की देखाउँदै आफ्नो पक्षमा मत नखसाए गाँउ निकाला गर्छु भन्ने जस्ता बिभिन्न खाले धम्की दिएर जवरजस्ती गठबन्धनलाइ मतहाल्न लगाएको आरोप लगाएको छ । 

उक्त मतदान केन्द्रमा पुनःमतदानको माग राखि मुख्य निर्वाचन अधिकृतको कार्यालय,निर्वाचन आयोग र प्रधानमन्त्रीको कार्यालयमा समेत बोधार्थ सहित मुद्धा दर्ता गरिएको काङ्ग्रेस जिल्ला पार्टी सभापती अंगत कुमार बुढाले बताए ।

उनका अनुसार उक्त मतदान केन्द्रहरुमा बाम गठबन्धनका प्रतिनिधिहरुले आफै भोट हाल्छु भन्ने मतदाताको पनि मत आफु अनुकुल खोसेर हाल्न लगाएको आरोप लगाए ।

मतदाताको वारिसेको नाममा सयौ मत एकजनाले हाल्दा पनि कर्मचारी,सुरक्षा निकाय,प्रशासन,निर्वाचन कार्यालय मौन रहेकोमा उनीहरुको पनि पुर्ण रुपमा मिलेमतो रहेको आरोप लगाएको छ ।

नेपाली काङ्ग्रेसले दिएको पुनः निर्वाचनको मुद्धालाई मंगबार नै निर्वाचन आयोग काठमान्डौमा पठाई सकिएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जानकारी दिनएको छ ।

निर्वाचनको दुई दिन अगाडी एजेण्ड पत्र दिएर उपल्लो डोल्पा पुगेका काङ्ग्रेसका कार्यकताहरुलाई समेत कुटपिट गरि रातभोरी रुखमा बाँधेर एजेण्ड पत्र सहित च्यातेर लखेटेको समेत सभापति बुढाले बताए ।

उनका अनुसार उक्त स्थानीय तहका मतदान केन्द्रहरुमा बामगठबन्धनले काङ्ग्रेसको एजेण्डहरु बिनानै एकलौटी हिसावमा निर्वाचन सम्पन्न गरेको आरोप छ ।

उक्त मतदान केन्द्रहरुमा निष्पक्ष,स्वतन्त्र रुपमा,सुरक्षा ब्यवस्था चुस्त दुरुस्त बनाए पुन मतदानको माग राख्दै गत मंगलवार मुख्य निर्वाचन कार्यालयमा मुद्धा दर्ता गराईएको समेत सभापती बुढाले जानकारी दिए ।

त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत मुकुटेश्वर मावि फुल्चिङ मतदान केन्द्रमा काङग्रेसका एजेण्ड प्रतिनिधि अमृत सार्कीलाई निर्वाचनको दिनभर थुनछेक गरेर एकलौटी रुपमा निर्वाचन सम्पन्न गरेको स्थानीय काङ्ग्रेस नेता मोती प्रसाद उपाध्यायले बताए । नेपाली काँग्रेसका अनुसार यस पटक निर्वाचनमा झन्डै पाँच हजार मतदाताले स्वतन्त्र रुपमा मतदान गर्न नपाएको आरोप लगाएको छ ।

मुख्य निर्वाचन कार्यालयले निर्वाचन ब्यवस्थापन राम्रोसँग नगरेर एकलौटी रुपमा बामगठबन्धनको सहयोग गरेको काङ्ग्रेसको आरोप छ ।

कार्यक्रममा प्रतिनिधि सभाका उम्मेद्वार तथा जिल्ला पाटी सभापती अंगत कुमार,बुढा,प्रदेश निर्वाचन क्षेत्र क का उम्मेद्वार बेगम सिंह ठकुरी,प्रदेश निर्वान क्षेत्र ख का उम्मेद्वार सुरेश शाहीले संयुक्त रुपमा पुनः निर्वाचनको माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही