2026-07-03 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चुनावी सभामै मतदाता शिक्षा सिकाउँदै डडेल्धुराका दलहरु

2017-12-01

मङ्सिर १५, डडेल्धुरा । प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावको मिति छोटिँदै जाँदा बदर मत घटाउन चुनावी सभामै दलहरुले मतदाता शिक्षा दिन थालेका छन् । चुनावमा भाग लिने मतदाताले सही मत जाहेर गर्न सकून् भनेर दलहरुले आफूले आयोजना गरेको आमसभामै नमूना मतपत्र बोकेर शिक्षा दिन थालेका हुन् । 

समय छोटिँदै आएको छ जिल्ला निर्वाचन कार्यालयले खटाएका मतदाता शिक्षा स्वयंसेवकले घरदैलो गरिरहेका भए पनि मतदाताले जाहेर गरेको मत बदर नहोस् भनेर हामीले केही नेता तथा कार्यकर्तालाई मतदाता शिक्षाका लागि छुट्याएको नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं २ प्रदेशसभाका उम्मेदवार कर्ण मल्लले बताउनुभयो । 

त्यस्तै वाम गठबन्धनतर्फ पनि केही कार्यकर्तालाई घरदैलो कार्यक्रमकै सिलसिलामा मतदाता शिक्षा दिन परिचालन गरिएको नेकपा (एमाले)का अध्यक्ष तथा प्रदेशसभाका उम्मेदवार डा तारा जोशीको भनाइ छ । 

मतदाता शिक्षाका लागि आफूहरुले पनि प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकजना खटाएको भए पनि त्यो पर्याप्त नभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत दिलीप तामाङले जानकारी दिनुभयो । यो पटक तीनवटा मतपत्र छ, पढेलेखेका मतदाता विदेशिएका छन्, घरमा बूढापाकाहरु र महिला मात्र भएकाले बढी मत बदर हुने सम्भावना निकै रहेको अधिवक्ता युवराज जोशीले बताउनुभयो । 

मतपत्रको नमूना सबै मतदाताको घरदैलोमा पु¥याउन निर्वाचन कार्यालयले मात्र नसक्ने भएकाले हामी सबै राजनैतिक दलको दायित्व भएको क्षेत्र नं १ का प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार रघुवर भट्टले बताउनुभयो । मतदाताले जुनसुकै उम्मेदवारलाई मत दिए पनि मत सही परोस् भन्ने हेतुले हामी सबै प्रतिस्पर्धामा रहेका दलले पनि आफ्ना कार्यकर्तालाई मतदाता शिक्षाका लागि खटाएको जानकारी गराउनुभयो । जिल्लामा ११७ मतदान केन्द्र छन् । 

यसैगरी एक मतदान केन्द्रलाई एकजना पर्ने गरी मतदाता शिक्षा स्वयंसेवक जिल्ला निर्वाचन कार्यालयले छनौट गरी खटाइसकेको निर्वाचन कार्यालयका प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । 

अहिलेको चुनावमा तीनवटा मतपत्र हुँदा मतदाता अलमलमा पर्ने भएकाले अझ यो शिक्षाको बढी महत्व छ । त्यसैले यसका लागि हामी अझ बढी चिन्तित भएर स्वयंसेवकलाई गाउँगाउँमा खटाइरहेको निर्वाचन प्रमुख नायकले बताउनुभयो । 

जिल्लामा राजनैतिक दलका नेता तथा कार्यकर्ता चुनावको प्रचारप्रसारमा आफूलाई भोट माग्दै मतदान गर्ने तरिका आफू जान्न र अरूलाई पनि सिकाउनसमेत आग्रह गरिरहेको जनाएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो