2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्रधानमन्त्रीलाई पहिलोपल्ट स्वागत गर्न पर्खदै डोटीका दुर्गम गाउँबासी

मंसिर १५, डोटी । बोगटान र सायल क्षेत्र डोटीका दुर्गम क्षेत्र मानिन्छन् । बोगटान जिल्लाको दक्षिणी क्षेत्रमा पर्छ भने, सायल उत्तरी क्षेत्र हो । 

दुबै क्षेत्रलाई स्थानीय तहमा पुनर्संरचना गर्दा गाउँपालिकाको नाम दिईएको छ । जिल्ला सदरमूकामबाट निकै टाढा पर्ने यी क्षेत्रहरुमा अहिलेसम्म राष्ट्रको कार्यकारी प्रमूख उपस्थित भएका छैनन् । 

तर, आज दुबै गाउँपालिकामा प्रधामन्त्रीको हैषियतले पुग्ने पहिलो ब्यक्ती नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बन्दैछन् । प्रधानमन्त्री देउवाले आज बोगटान गाउँपालिका–७ चवराचौतारामा र सायल गाउँपालिकामा नेपाली कांग्रेस डोटीले आयोजना गरिरहेको बृहत चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रमका लागि प्रधानमन्त्री देउवा यी दुई दुर्गम क्षेत्रमा पुग्न लागेका हुन् । 

दुबै ठाउँमा प्रधानमन्त्री देउवा हेलिकप्टर मार्फत पुग्ने कार्यक्रम छ । पहिलोपलट आफ्नो क्षेत्रमा राज्यको कार्यकारी प्रमूख आउने भएकाले दुबै क्षेत्रमा उत्साह छ । हज्जारौको संख्यामा स्थानीयबासी जम्मा भएर स्वागतार्थ उपस्थित छ । 

अहिले देउवा अछाममा आयोजित कार्यक्रममा सहभागि भैरहेका छन् । केही बेरमा प्रधानमन्त्रीको बोगटान पुग्ने कार्यक्रम छ । भने बोगटान सहिएलगत्तै आजै प्रधानमन्त्री सायलमा पुगेर सम्बोधन गरी फर्कनेछन् । 

प्रधानमन्त्रीको आगमनका लागि दुबै क्षेत्रमा सुरक्षा ब्यबस्था निकै कडा पारिएको छ । दुबै क्षेत्रमा चारवटै सुरक्षा अंग चुस्त रुपमा परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई