2026-09-19 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा आचारसंहिताको धज्जी उडाउदै नेता अधिकारी

नवलपरासी संवाददाता | मङ्सिर १५, परासी | प्रदेश नं. ५ नवलपरासी निर्वाचन क्षेत्र नं.१  को प्रदेश सभा एकमा नेकपा एमालेबाट उमेदवारी दिएका दिपेन्द्र अधिकारीले विद्यालय (मदरसा) क्षेत्रमा राजनीतिक कार्यक्रम गरी आचार संहिता उलंघन गरेका छन्  । 

निर्वाचन आयोगले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म प्रचारप्रसारसँग सम्बन्धित कार्यक्रम आयोजना गर्न आचार संहिता सार्वजनिक गरेपनि एमालेबाट उमेदवारी दिएका अधिकारीले शुक्रबार सरावल गाउँपालिका वडा नं.४ को एक मदरसा भित्र भाषण गरी आचार संहिताको धज्जी उडाएका हुन्  । निर्वाचन आचारसंहिता, २०७२ को तेस्रो संसोधन २०७४ मा आचार संहिता परिच्छेद एकको ५ नम्बर बुँदा बिषयगत आचरण अन्तर्गत १० नम्बर बुँदामा कुनैपनि प्रचार प्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म गर्न उल्लेख रहेपनि उमेदवार अधिकारीले त्यस्को ठाडै उलंघन गरेका हुन् । 

प्रदेश सभा सदस्यका उमेदवार अधिकारीले राती ८ बजेपछि प्रचारप्रसार कार्यक्रममा भाषण गरेका हुन् । यस्तै निर्वाचन आचार संहिताको परिच्छेद २ को ४ नम्बर बुँदाको ज मा कुनै मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिक स्थल प्रयोग गरी निर्वाचन सम्बन्धि प्रचार प्रसार गर्न वा गराउन नहुने उल्लेख रहेको छ । तर नेता अधिकारीले मदरसा र मस्जिद रहेको ठाँउमै गएर कार्यक्रममा सहभागी भएका हुन् ।

मौन छन् सरोकारवाला निकाय

साझा सबालको कार्यालयले यस बारे मुख्य निर्वाचन अधिकृतको कार्यलयले खटाएको अचार संहिता अुनगमनकर्ता काशीराम ज्ञवालीलाई फोन सम्पर्क गर्दा उनी फोन सम्पर्कमा आउन खोजेका छैनन् भने नवलपरासीका मुख्य निर्वाचन अधिकृत माध्वेन्द्रराज रेग्मी र निर्वाचन अधिकारी दिपक पौडेलको पनि फोन रिसिभ भएको छैन । यद्धपी यस बारे नवलपरासीका सहायक निर्वाचन अधिकारी बुद्धप्रकाश पौडेलले साँझ ७ बजेपछिको प्रचारप्रसारको कार्यक्रम अचार संहिता उलंघन गर्ने बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह