हो हरेक ब्यक्तिले मनमा लक्ष्य बोकेर संघर्ष गरिरहेको हुन्छ र देश काल र परिस्थितीले उसको जीवनको खाका कोरिरहेको हुन्छ । जहाँ मानिस विना संर्घष रहन सक्दै सक्दैन् । देश, समाज र विश्वका मानिसहरु आ–आफ्ना क्षेत्रमा संर्घष गरिहरेकै हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हो हरेक ब्यक्तिले मनमा लक्ष्य बोकेर संघर्ष गरिरहेको हुन्छ र देश काल र परिस्थितीले उसको जीवनको खाका कोरिरहेको हुन्छ । जहाँ मानिस विना संर्घष रहन सक्दै सक्दैन् । देश, समाज र विश्वका मानिसहरु आ–आफ्ना क्षेत्रमा संर्घष गरिहरेकै हुन"/>

2026-09-19 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जसले शहिदका लक्ष्य पुरा गर्न पटकपटक भिडेकी छन्


हो हरेक ब्यक्तिले मनमा लक्ष्य बोकेर संघर्ष गरिरहेको हुन्छ र देश काल र परिस्थितीले उसको जीवनको खाका कोरिरहेको हुन्छ । जहाँ मानिस विना संर्घष रहन सक्दै सक्दैन् । देश, समाज र विश्वका मानिसहरु आ–आफ्ना क्षेत्रमा संर्घष गरिहरेकै हुन्छन् । जीवन संर्घष भित्र उनिहरुका विभिन्न पाटाहरु हुन्छन् । सामाजीक, राजनैतिक, पेशा, ब्यवसाय, रोजगारी, उद्योग आदि इत्यिादी । यही संर्घषमय एक पाटोमा जनयुद्धकालीन समय देखी मुलुक परिवर्तनमा होमीएकी एक होनाहर महिला अगुवा नेता हुन मनरुपा शर्मा विमला । मुलुकमा महान जनयुद्धपछि ०६२÷६३ को जनआन्दोलन हुँदै मुलुकमा बृहत शान्ति सम्झौता, संविधानसभाको पहिलो निर्वाचन २०६४, संविधानसभा दोस्रो निर्वाचन २०७० र हाल संघिय प्रतिनिधीसभा, प्रदेशसभा निर्वाचन २०७४ सम्म मुलुक आइपुग्दा राजनैतिक संर्घष तथा पटक पटक पर्वत जिल्लाबाट चुनावी प्रतिस्पर्धामा मनरुपा शर्मा होमिदै आइरहेकी छन् ।

जनयुद्धमा परिवर्तनको पक्षमा प्रतिगामीहरुसँग लड्दै, शान्ति प्रक्रिया पछि मुलुकमा गणतन्त्र स्थापना भैसकेर नयाँ संविधान जारी भैसकेपछि समेत उनि निरन्तर पर्वत जिल्लाको राजनीतिमा सक्रियता पुर्वक संर्घषमै छन् । जसले शहिदहरुको लक्ष्य पुरा गर्न र उत्पीडीत, महिला, दलित मजदुर, गरिब, शहिद वेपत्ता परिवाहरुको उत्थानका निम्ति पटकपटक संर्घषमा भिडेको बताउँछीन् । उनले पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष चुनावमा पर्वत क्षेत्र न। १ मा भिडेकी थिइन् । त्यस ताका प्रतिद्धन्दी रहेका अर्जुनप्रसाद जोशीलाई कडा टक्कर दिन सफल भएकी हुन् । प्राविधिक कमजोरीले जीतेर पनि उनले हार ब्यहोर्नु परेको थियो । त्यसपछि संविधानसभाको दोस्रो निर्वाचन २०७० मा केन्द्रिय समानुपातिकमा उम्मेदवार रहेकी थिइन् । त्यस ताका उनले पर्वतबाट भारी मत पाएकी भएपनि पार्टीको केन्द्रीय नेतृत्वको कमजोरीका कारण उनी समानुपातिक सभासद हुनबाट बन्चित भइन् । तर पनि फेरी पार्टीको हितमा उनको आवश्यकता नहुने कुरै भएन् । शर्मा अहिले फेरी पनि प्रदेश न। ४ को प्रदेश समानुपातिक उम्मेदवार छन् । पर्वतको चुनावी मैदानमा उनि हरेक पल्ट खरो रुपमा लागेकी छन् । उनको यो उम्मेदवारीले पर्वत जिल्लाका बामपन्थी पक्षधर, सम्पुर्ण जनता सबैमा आशा जगाएको छ । किनकी एक महिला जसले समायनुकुल आफुलाई धैर्यता प्रकट गरेर निरन्तर जनता र पार्टीको काममा दृढता र सहासपुर्वक खटिरहेकी छन्् ।

समानुपातिक उम्मेदवार मनरुपा शर्मालाई प्रदेशसभाको सदस्य बनाउन पार्टी नेतृत्वले पनि ढुक्कका साथ आश्वासन दिएको बताइन्छ । यदि अब पनि सहिद र उनका परिवारको अबमूल्यन गरिएमा पार्टी पंक्तिलाई पनि शहिदले धिक्कार्ने छन् । त्यही भएर पनि पार्टीले शर्मालाई प्रदेशसभाको उम्म्ेदवार बनाएको बताइएको छ । उनि जनयुद्धमा होमिएका एक होनाहर क्रान्तिकारी युवा नेता शहिद क। बिजय सुवेदीकी धर्मपत्नी समेत हुन । शहिद विजय सुवेदीलाई तात्कालीन राज्य पक्षले स्याङ्गजाको सिर्सिकोटमा गोली हानी हत्या गरेको थियो । शहिद विजय लगायत वि।स।२०६१ मसिंर १७ गतेका दिन पर्वतका ५ जना होनाहर बामपन्थी क्रान्तिकारी योद्धाहरु शाहदत भएका थिए । आज यिनै महान शहिदहरु जस्तै मुलुकभरीका हजारौं शहिदहरुले बलिदानी नगरेको भए यो मुलुक परिवर्तन सम्भव थिएन् ।

त्यसकारण शहिदहरुले यो मुलुकका उत्पीडीत जनता, वेपत्ता, शहिदपरिवार, महिला, दलित, मजदुर किसानका सपना साकार पार्न र मुलुकलाई विकास र समृद्धि ल्याएर आमुल परिवर्तन गर्नु पर्छ भनेर सहासपुर्वक बलिदानी गरेक थिए । उनिहरुले जे सपना देखेका थिए त्यो लक्ष्य पुरा गर्नका लागि पनि शहिद परिवार तथा शहिद विजयकी धर्मपत्नी क। मनरुपा शर्माले पर्वतबाट समानुपातिको प्रदेशसभा उम्मेदवार बनेको बताउँछीन् । बामपन्थी आन्दोलनलाई सार्थकतामा पु¥याउने र देश, समाज, शहिद परिवार, महिला दलितका पक्षमा निरन्तर काम गर्ने आफ्नो उदेश्य रहेको उनको भनाई छ । त्यसकारण उनले बामगठबन्धनका सबै उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन सम्पुर्ण पर्वतबासीलाई हार्दिक अपिल गरेकी छन् । साथै समानुपातिक प्रदेशसभा उम्मेदवारमा गोलाकार भित्रको हँसिया हतौडामा अत्याधिक मतदान गरी बिजय गराउन उनले सम्पुर्णमा आग्रह गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह