2026-07-03 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेसलाई मुर्छा पार्ने गरी बामगठबन्धनको जीत भन्दै निर्वाचन अघिनै विजयी जुलुस !

पर्वत/बाम गठवन्धनको उर्वर भूमि कुश्मा नगरपालिका १२ ठुलीपोखरी पुगेर एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले सात बुदे प्रतिवद्धता व्यक्त गरेका छन् । शनिवार ठुलीपोखरीमा आयोजित विशाल आमसभालाई सम्वोधन गर्दै गिरीले ऐतिहासिक पृष्ठभूमि बोकको ठुलीपोखरीको समग्र विकासका लागि सात बँुदे प्रतिवद्धता व्यक्त गरेका हुन् ।

हजारौका स्थानियका उपस्थितिमा गिरीले सिल्मि, ठूलीपोखरी, कार्किनेता सडक दुई वर्ष भित्रै कालोपत्रे गर्ने, साईकलचोक, बुमि ठुलीपोखरी सडकलाई पाँच वर्षभित्र कालोपत्रे गर्ने, प्रसिद्ध धार्मिक स्थल बाटुलेचौरलाई संरक्षण एवम् पर्यटकीय केन्द्र बनाउने, ठुलीपोखरीलाई संरक्षण गरी बाह्रैमास पानी रहने शुन्दर तालको रुपमा विकास गर्ने र घर घरमा खानेपानी तथा सिंचाईको क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

गिरीले ठुलीपोखरी जस्तै जिल्लैभर बामपन्थीमा आकर्षण बढेको बताउँदै बामपन्थी उम्मेदवारको जीत सुनिश्चित भएकाले ढुक्क भरु मतदान गर्न आग्रह गर्नुभयो । उहाँले आफु सांसद भएर गएपछिनै ठुलीपोखरी र आसपासका बासिन्दाले अनुभूति गर्नेगरी काम गर्ने बताउनुभयो ।
सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवार नेत्र अधिकारीले वाम गठबन्धनसँग यो जिल्लाको विकासको खाका तयारी अवस्थामा रहेको बताउँदै नागरिकलाई प्रत्यक्ष फाईदा हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले २१ गतेको निर्वाचनमा ढुक्क भएर सुर्य चिन्ह र हसिया हथौडामा मतदान गरी आफुहरुलाई बिजयी बनाउन अपिल गर्नुभयो ।
कार्यक्रममा माओवादि केन्द्रिय सदस्य केशव कुँवर सिर्जनशिल, ढाकाराम गौतम, एमालेका नेता रुद्र केसी, भिमनाथ कुँवर, चुडामणी पौडेल लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा नेपाली काँग्रेस परित्याग गरी झण्डै ६० जना एमालेमा प्रवेश गरेका थिए । मुलुकको भविष्य निर्माण गर्ने, बृद्धबृद्धाको संरक्षण गर्ने गरिब र असहायको पार्टी एमालेनै भएको भन्दै उनिहरु एमालेमा प्रवेश गरेका थिए ।
सो अवसरमा आयोजकद्धारा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेशसभा सदस्यका उम्मेदवार नेत्र अधिकारीलाई दश किलोको माला लगाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो