नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल गर्नुभएको छ । 

शनिवार पर्वतक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल गर्नुभएको छ । 

शनिवार पर्वतक"/>

2026-09-19 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गठवन्धनका पक्षमा खुलेर मतदान गर्न गिरीको अपिल

नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल गर्नुभएको छ । 

शनिवार पर्वतको कश्मा नगरपालिका १४ आर्थरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै गिरीले अबको यो मुलुकको भाग्य र भविष्य कोर्ने दलनै बाम गठवन्धन भएकाले बिना संकोच मतदान गरी आफुहरुलाई बिजयी गराउन आग्रह गर्नुभयो । लामो समयदेखि अस्थिरतामा रुमलिएको मुलुकलाई निकास दिनका लागि एमाले र माओवादी एकता भएको बताउँदै गिरीले यस पटक बहुमत दिएर हेर्न अपिल गर्नुभयो । 

कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार नेत्र अधिकारीले मुलुकमा आर्थिक क्रान्ति र समृद्धिका लागि बाम गठवन्धनको विकल्प नभएको बताउनुभयो । लामो समय काँग्रेसको नेतृत्वमा मुलुक संचालन भएपनि विकासले गति लिन नसकेको बताउँदै गाउँ देखि केन्द्रसम्म समान विकासका लागि आफुहरुलाई जिताउन आग्रह गर्नुभयो । 

समानुपातीक उम्मेदवार तथा नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङ्गले मुलुकको समृद्धि र प्रगति चाहानेहरुले बाम गठवन्धनलाई मत दिनुपर्नेमा जोड दिनुभयो । मुलुकलाई यथास्थितिमा राख्ने कि अघि बढाउने भन्ने जिम्मा यतिवेला नेपाली जनतामा निर्भर रहेको समेत बताउनुयो । 

कार्यक्रममा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, प्रेस चौतारीका पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा लगायतले बोलेका थिए । आर्थरका दुई स्थानमा छुट्टाछुट्टै भएको कार्यक्रममा झण्डै ५० जना युवा नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह